PahiloPost

May 6, 2024 | २४ बैशाख २०८१

गाडिएको अवस्थामा महिलाको शव फेला, हत्याको आशंकामा ४ जना पक्राउ



पहिलोपोस्ट

गाडिएको अवस्थामा महिलाको शव फेला, हत्याको आशंकामा ४ जना पक्राउ

हेटौंडा : मकवानपुरको इन्द्रसरोवर वडा ३ स्थित सिस्नेरी ज्यामिरेमा गाडिएको अवस्थामा महिलाको शव फेला परेपछि प्रहरीले चार जनालाई नियन्त्रणमा लिएको छ। महिलाको हत्या भएको आशंकामा उनीहरुलाई नियन्त्रणमा लिइएको प्रहरीले जनायो।

इलाका प्रहरी कार्यालय भीमफेदीकी प्रहरी निरीक्षक प्रतिमा कार्कीकाअनुसार आइतवार र सोमवार अनुसन्धानको क्रममा सोधपुछको लागि ४ जना स्थानीयलाई नियन्त्रणमा लिइएको हो। उनले इन्द्रसरोवर–३ नम्बर वडाको ३ जना र २ नम्बरको एक जना नियन्त्रणमा लिइएको बताइन्।  शनिवार साँझ ज्यामिरेकी स्थानीय ३६ वर्षीया सरस्वती वाइबाको शव गाडिएको अवस्थामा फेला परेको थियो। सरस्वती केही दिनदेखि हराएको भन्दै उनका श्रीमानले निदेवन दिएका थिए।

महिलाको हत्या गरेर गाडिएको अवस्थामा शव फेला परेपछि प्रहरीले तालिम प्राप्त कुकुरसहित अनुसन्धान अगाडि बढाएको थियो। जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी प्रवक्ता टेकबहादुर कार्कीले घटनाको थप अनुसन्धान भइरहेको बताए। उनले घटनाको अनुसन्धानमा एकजना स्थानीयले हत्या स्वीकार गरेकोसमेत बताए। घटनाको थप अनुसन्धान भइरहेकोले आरोपितको परिचय खुलाउन नमिल्ने प्रवक्ता कार्कीले बताए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell