PahiloPost

Jun 15, 2026 | १ असार २०८३

जाजरकोटमा जीप दुर्घटना, नौ जनाको मृत्यु



रासस

जाजरकोटमा जीप दुर्घटना, नौ जनाको मृत्यु
प्रतीकात्मक फोटो

जाजरकोट : जाजरकोटमा जीप दुर्घटना हुँदा नौ जनाको मृत्यु भएको छ। सोमवार कर्णाली प्रदेश २००१ च ०४२९ नम्बरको जीप छेडागाड नगरपालिका वडा नं ३ जेवाबाट वडा नं ४ को लेवातर्फ जाँदै गर्दा दशेराको बीचमा पर्ने भिरपाटी सडकबाट खस्दा नौ जनाको मृत्यु भएको स्थानीय रेशम खड्काले जानकारी दिए।

 

उनका अनुसार दुर्घटनामा परी तीन जना घाइते भएका छन्। मध्यपहाडी लोकमार्गमा भएको दुर्घटनाबारे थप विवरण आउन बाँकी छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell