PahiloPost

Apr 22, 2025 | ९ बैशाख २०८२

मकवानपुरको इन्द्रसरोवरमा हत्या गरेर गाडेको अवस्थामा शव फेला, अनुसन्धानका क्रममा चार जना पक्राउ



पहिलोपोस्ट

मकवानपुरको इन्द्रसरोवरमा हत्या गरेर गाडेको अवस्थामा शव फेला, अनुसन्धानका क्रममा चार जना पक्राउ
प्रतीकात्मक तस्विर

हेटौंडाः मकवानपुरको इन्द्रसरोवर ३ सिस्नेरी ज्यामिरेमा हत्या गरेर खाल्डोमा गाडिएको अवस्थामा फेला परेको शवको अनुसन्धानको क्रममा प्रहरीले ४ जनालाई नियन्त्रणमा लिएको छ। इलाका प्रहरी कार्यालय भीमफेदीका प्रहरी निरीक्षक प्रतिमा कार्कीको अनुसार आइतबार र सोमबार गरेर अनुसन्धानको क्रममा सोधपुछको लागि ४ जना स्थानीयलाई नियन्त्रणमा लिइएको हो।

इन्द्रसरोवर ३ का ३ जना र वडा नम्बर २ का एक जनालाई नियन्त्रणमा लिइएको उनले बताइन्। 

शनिबार साँझ ज्यामिरेकी स्थानीय ३६ वर्षीया सरस्वती वाइबाको शव फेला परेको थियो। गाडिएको शवको टाउको र शरीरमा लगाएको थोरै लुगा देखिएको अवस्थामा फेला परेको थियो।

सरस्वती केही दिनदेखि हराएको भन्दै उनको श्रीमानले प्रहरीमा खोजी गरिदिन निदेवन दिएका थिए।

जिल्ला प्रहरी कार्यालय मकवानपुरकाप्रवक्ता टेकबहादुर कार्कीले घटनाको थप अनुसन्धान भइरहेको बताए। कार्की अनुसार एक स्थानीयले हत्या गरेको स्वीकार समेत गरेका छन्। अनुसन्धान जारी रहेको कार्कीले बताए। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell