PahiloPost

Apr 22, 2025 | ९ बैशाख २०८२

किम्फमा ‘फार बियोन्ड द पास्चरल्याण्ड्स’ ले जित्यो उत्कृष्ट माउन्टेन फिल्म अवार्ड, नेपाल पानोरमातर्फ ‘ह्विल्स अन द बस’ र ‘आग्रे’ उत्कृष्ट



पहिलोपोस्ट

किम्फमा ‘फार बियोन्ड द पास्चरल्याण्ड्स’ ले जित्यो उत्कृष्ट माउन्टेन फिल्म अवार्ड, नेपाल पानोरमातर्फ ‘ह्विल्स अन द बस’  र ‘आग्रे’ उत्कृष्ट

काठमाडौं : काठमाडौं अन्तर्राष्ट्रिय पवर्तीय फिल्म फेस्टिभल (किम्फ) को २०औँ संस्करण समापन भएको छ। महोत्सवमा ‘फार बियोन्ड द पास्चरल्याण्ड्स’ ले उत्कृष्ट माउन्टेन फिल्म अवार्डसहित एक हजार अमेरिकी डलर पाएको छ।

मौले प्लान्टी हुसारुक र म्याक्सिम लाकोस्टे लेबियस निर्देशित ‘पास्चरल्याण्ड्स’ले ललिता नामक पात्रको माध्यमबाट मालिकोट गाउँका बासिन्दा यार्सागुम्बा टिप्न अग्ला पहाड जानेको कथा भन्छ।

नेपाल पानोरमातर्फ सूर्य शाही निर्देशित ‘ह्विल्स अन द बस’ सर्वोत्कृष्ट फिक्सन घोषित भएको छ। त्यसैगरी, अनिल बुढामगर निर्देशित ‘आग्रे: द आइरन डिगर’ले उत्कृष्ट डकुमेन्ट्रीको अवार्ड जितेको छ।

इंगी होपो कोनिच सुनुवार निर्देशित ‘सेनाको चेली’ र पिंकी श्रीश रानाको ‘हजुर’ले संयुक्तरुपमा स्पेसल मेन्सन अवार्ड प्राप्त गरे। यसपटकको किम्फमा विद्या चापागाई र कमल कुमारको फिल्म ‘बाघको बंगारा’ले अडियन्स च्वाइस अवार्ड पाएको छ।

अन्तर्राष्ट्रियतर्फ क्यानडाको ‘फार बियोन्ड द पास्चरल्यान्ड्स’ र अमेरिकाको ‘कुमारी : अ फादर्स ड्रिम’ ले स्पेसल मेन्सन अवार्ड पाएका छन्। त्यसैगरि, बेलायतका ह्युगो साउन्डर्स निर्देशित ‘द सेकेण्ड समिट’ फस्ट च्वाइस , स्वीट्जरल्याण्डका लिजा रोसिल र क्यारेलिन फ्ल्ङ्कि निर्देशित ‘सोफी लाभौड लेडी ८०००’ सेकेन्ड च्वाइस र फ्रान्सका म्याथ्यु लेले निर्देशित ‘अ ह्वाइट ड्रिम’ थर्ड च्वाइस घोषित भए।

पाँच दिनसम्म राष्ट्रिय सभागृह र पर्यटन बोर्डमा चलेको फेस्टिभलको समापन समारोहमा अस्ट्रेलियन निर्देशक जोय कार्टरको ‘फलाइ फ्रम एभरेष्ट’ प्रदर्शन गरिएको थियो। यस फिल्मले पोलियो उन्मूलनका लागि अपांग भएका अस्ट्रेलियन नागरिकले सगरमाथा चढ्नलाई गरेको प्रयासबारेको कथा भन्छ।

हिमाल एसोसिएसनको आयोजना र काठमाडौं महानगरको सह-आयोजनामा भएको फेस्टिभलको २०औँ संस्करणमा यसपटक ३० मुलुकका ६० फिल्म देखाइएको थियो। ‘दिगो आरोहण’  नारा रहेको फेस्टिभलमा पर्वत, पर्वतीय संस्कृति, वातावरण र मानवअधिकारको कथावस्तुमा बनेका फिल्म प्रदर्शन गरिएको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell