PahiloPost

Apr 22, 2025 | ९ बैशाख २०८२

अस्ट्रेलियामा भएको गोली आक्रमणमा दुई प्रहरीसहित छ जनाको मृत्यु



पहिलोपोस्ट

अस्ट्रेलियामा भएको गोली आक्रमणमा दुई प्रहरीसहित छ जनाको मृत्यु
Photo: QUEENSLAND POLICE/BBC

अस्ट्रेलियाको एक दुर्गम स्थानमा भएको सुनियोजित आक्रमणमा दुई प्रहरी अधिकारीसहित छ जनाको मृत्यु भएको छ। लामो समय चलेको आक्रमणपछि तीन संदिग्धहरु प्रहरीको गोली लागेर मारिएका छन्।

ब्रिस्बेन क्वीन्सल्याण्डबाट २७० किलोमिटर पश्चिममा रहेको वाइम्बिलामा बेपत्ता व्यक्तिको खोजी गर्न चार प्रहरी त्यहाँ पुगेका थिए। सोही क्रममा उनीहरुमाथि आक्रमण भएको थियो। आक्रमणको उद्देश्य अझै अस्पष्ट रहेको अधिकारीहरूले बताएका छन्।

प्रधानमन्त्री एन्थोनी अल्बानीजले यसलाई अस्ट्रेलियाका लागि ‘हृदयविदारक दिन’ भनेका छन्। न्यू साउथ वेल्स पुलिसको अनुरोधपछि चार जना क्वीन्सल्याण्ड प्रहरीहरू स्थानीय समय अनुसार सोमवार दिउँसो उक्त क्षेत्रमा गएका थिए।

हवल्दार २६ वर्षीय म्याथ्यु अर्नोल्ड र २९ वर्षीय रेचेल म्याक्रोको गोली प्रहारबाट मृत्यु भएको छ। अर्का प्रहरीलाई गोली लागेको र एकजना त्यहाँबाट भाग्न सफल भएको प्रहरीले बताएको छ।

अनुसन्धान गर्न गएका प्रहरीमाथि घेराबन्दी गर्ने क्रममा संदिग्धहरूले ५८ वर्षीय एक अज्ञात व्यक्तिको पनि हत्या गरेका थिए। अर्नोल्ड र म्याक्रो पुलिस बलमा नयाँ थिए तर दुवैले प्रतिबद्ध र साहसी भएकोले ख्याति कमाएका थिए।

सो आक्रमण घण्टौँसम्म जारी रहेको थिए। अन्ततः नाम नखुलाइएका दुई पुरुष र एक महिला आक्रमणकारीको प्रहरीको गोली लागेर मृत्य भएको थियो। सुनियोजित रुपमा ति प्रहरीहरुको हत्या गरिएको बताइएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell