PahiloPost

Jun 10, 2026 | २७ जेठ २०८३

ऐनको मर्म विपरीत आएको अध्यादेशविरुद्ध त्रिचन्द्र क्याम्पस अगाडि अनेरास्ववियुको प्रदर्शन

ऐनको मर्म विपरीत आएको अध्यादेशविरुद्ध त्रिचन्द्र क्याम्पस अगाडि अनेरास्ववियुको प्रदर्शन

प्रवीण रानाभाट/पहिलोपोस्ट


काठमाडौं : नेकपा (एमाले) निकट विद्यार्थी सङ्गठन अनेरास्ववियुले सरकार विरुद्ध प्रदर्शन गरेको छ। अनेरास्ववियु त्रिचन्द्र क्याम्पस कमिटीले क्याम्पस अगाडि प्रदर्शन गरेको हो।

सरकारले अपराधीहरुलाई उन्मुक्ति दिने गरी ल्याएको अध्यादेश विरुद्ध प्रदर्शन गरिएको अनेरास्ववियुले जनाएको छ। सरकारले कानुनी राज्यको ध्वजी उडाउँदै संविधानमाथि ठाडो हस्तक्षेप गरेको अनेरास्ववियुको आरोप छ।

जुनसुकै तहका अदालतमा विचाराधीन फौजदारी मुद्दा फिर्ता लिन सक्नेगरी सरकारले सिफारिस गरेको अध्यादेश राष्ट्रपति कार्यालय पठाइएको छ। आइतवार साँझ अध्यादेश राष्ट्रपति कार्यालय पठाइएको हो।

फौजदारी कार्यविधि संहिताको दफा ११६ को मूल मर्मविपरीत हुनेगरी संशोधनको प्रस्ताव अध्यादेशमा गरिएको छ। प्रतिनिधिसभाको निर्वाचन भई परिणाम अन्तिम हुन लागिरहेका बेला सरकारले अध्यादेश सिफारिस गरेको हो।



ट्रेन्डिङ पोस्ट

Ncell