PahiloPost

Jul 24, 2026 | ८ साउन २०८३

सुन तोलाको एक लाख



रासस

सुन तोलाको एक लाख

काठमाडौं : नेपाली सुनचाँदी बजारमा छापावाल सुनको कारोबार मूल्य प्रतितोला एक लाख रुपैयाँ तोकिएको छ। अघिल्लो दिन प्रतितोला एक लाख दुई सयमा कारोबार भएको यो सुन आज प्रतितोला दुई सयले घटेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार आइतवार तेजाबी सुनको मूल्य प्रतितोला ९९ हजार पाँच सय छ। यसको मूल्य अघिल्लो दिन ९९ हजार सात सय थियो। त्यस्तै चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा स्थिर रही प्रतितोला रु एक हजार तीन सय ९० कायम रहेको महासङ्घले जनाएको छ।

महासङ्घले अन्तरराष्ट्रिय बजारमा हुने सुन तथा चाँदीको कारोबार मूल्यका आधारमा यहाँ दैनिक सुन तथा चाँदीका मूल्य तोक्दै आएको छ। हाल अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔँस एक हजार सात सय ८२ दशमलव ३८ अमेरिकन डलर आसपासमा कारोबार भइरहेको जनाइएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell