PahiloPost

Apr 22, 2025 | ९ बैशाख २०८२

मिस इन्टरनेसनलको उपाधि जर्मनीकी जस्मिनलाई, नेपालकी न्यान्सी अन्तिम १५ मै परिनन्



पहिलोपोस्ट

मिस इन्टरनेसनलको उपाधि जर्मनीकी जस्मिनलाई, नेपालकी न्यान्सी अन्तिम १५ मै परिनन्

'मिस इन्टरनेसनल २०२२' को उपाधि जस्मिन सेलबर्गले जितेकी छिन्। मंगलबार जापानको टोकियोमा आयोजित फिनालेमा जर्मनकी २२ वर्षीया सेलबर्गले ताज पहिरिएकी हुन्।

त्यसैगरि, काबो भर्डेकी स्टेफनी अमाडो फस्ट रनरअप, पेरुकी ट्याटियाना काल्मेल, कोलम्बियाकी नतालिया लोपेज कार्डोना थर्ड र डोमिनिकन रिपब्लिककी सेलिनी सान्तोस फोर्थ रनरअफ भए।

मिस इन्टरनेसनलको ६० औं संस्करणको प्रतिस्पर्धामा विश्वका ६६ सुन्दरीले सहभागिता जनाएका थिए। यसपटकको पेजेन्टको नारा दिगो ‘विकासका लागि सौन्दर्य’ राखिएको थियो।

जस्मिन विजेता बनेसँगै मिस इन्टरनेसनलले तीन वर्षपछि नयाँ सुन्दरी पाएको हो। सन् २०२० र सन् २०२१ को संस्करण कोभिड महामारीका कारण हुन आयोजना भएको थिएन।

नेपालबाट यसपटक न्यान्सी खड्काले प्रतिस्पर्धा गरेकी थिइन्। इभिनिङ गाउन, स्वीमसुट जस्ता क्रियाकलापमा राम्रो प्रतिक्रिया पाए पनि  नेपालले अन्तिम १५ मा पनि प्रवेश गर्न सकेन।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell