PahiloPost

Apr 25, 2026 | १२ बैशाख २०८३

बुधवार निर्वाचनको अन्तिम परिणाम घोषणा गर्दै आयोग



पहिलोपोस्ट

बुधवार निर्वाचनको अन्तिम परिणाम घोषणा गर्दै आयोग

काठमाडौं : निर्वाचन आयोगले बुधवार आसन्न निर्वाचनको अन्तिम मतपरिणाम घोषणा गर्ने भएको छ। आयोगले परिणाम घोषणाका लागि बुधवार पत्रकार सम्मेलन गर्दैछ।

'भोलि मिति २०७९ मंसिर २८ गते बुधबार मध्याह्न १:३० बजे प्रतिनिधि सभा सदस्य तथा प्रदेश सभा सदस्य निर्वाचन, २०७९ को अन्तिम नतिजा घोषणा गर्ने सम्बन्धमा आयोगको मिडिया सेन्टरमा पत्रकार सम्मेलन कार्यक्रम आयोजना गरिएको हुँदा सञ्चारकर्मी मित्रहरूको उपस्थितिको लागि अनुरोध छ,' आयोगले भनेको छ।

प्रतिनिधि सभातर्फ सात वटै दलको समानुपातिक सूची समावेशी भए पनि प्रदेशमा भने केही गडबडी देखिएपछि आयोगले सच्याउन आग्रह गरेको थियो। सबै ठाउँको सच्याउने काम सकिसकेकोले भोलि अन्तिम मतपरिणाम सार्वजनिक गर्न लागिएको निर्वाचन आयोग समानुपातिक तर्फका प्रवक्ता गुरुप्रसाद वाग्लेले जानकारी दिए।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell