PahiloPost

May 3, 2024 | २१ बैशाख २०८१

घान्द्रुकको झल्को लान्द्रुकमा : 'हनी हन्टिङ'को मज्जा लिँदै पर्यटक

घान्द्रुकको झल्को लान्द्रुकमा : 'हनी हन्टिङ'को मज्जा लिँदै पर्यटक

रिना थापा/पहिलोपोस्ट


पोखरा : अन्नपूर्ण पर्दमार्गमा पर्छ लान्द्रुक। कास्की अन्नपूर्ण गाउँपालिका ७ मा पर्ने लान्द्रुक गाउँ अन्नपूर्ण र मर्दी बेसक्याम्प जाने बाटोमा पर्छ। पछिल्लो समय भने पर्यटकले यो मार्ग कम प्रयोग गर्न थालेका छन्।

सवारीसाधनको पहुँच घान्द्रुकको मार्गबाट सहज हुने भएकाले पर्यटकको बाटो उता मोडिएको हो। यद्यपि मर्दी पदमार्ग जान यो मार्ग पर्यटक हिँड्ने बाटोमै छ।

घान्द्रुककै झल्को मेटाउने यो गाउँ ठ्याक्कै घान्द्रुकको वारी डाँडामा छ। लान्द्रुकमा घान्द्रुकबाट बसाइँसराइ भएर बस्ती बसेको बताइन्छ।

त्यसैले पनि गाउँमा घान्द्रुकको झल्को मेटिन्छ। ढुंगाको छाप्रोले बनेको गुरुङ बस्ती नजिकैबाट देखिने अन्नपूर्ण साउथ र हिमचुली हिमालको मनोरम दृश्यले पर्यटकको मन लोभ्याउँछ। 

पोखराबाट नजिक र छोटो दूरीमा हिमाललाई नजिकबाट हेर्न चाहानेका लागि यो स्थल राम्रो गन्तव्य बन्न सक्छन्। अझ मंसिरमा हुने 'हनि हन्टिङ' महोत्सवको मज्जा बेग्लै।

केही समय यता, गाउँमा पर्यटक घटेपछि गाउँलेले महोत्सव आयोजना गरेका हुन्। पदमार्गबाट फर्किएका पर्यटक पनि उत्सुकताका साथ 'हनि हन्टिङ'को रमाइलो लिइरहेका छन्।



ट्रेन्डिङ पोस्ट

Ncell