PahiloPost

Sep 21, 2024 | ५ असोज २०८१

काभ्रेको बेथानचोकमा बस दुर्घटना, घटनास्थलमा रहेका वडाध्यक्ष भन्छन् : १६ जनाको ज्यान गयो



पहिलोपोस्ट

काभ्रेको बेथानचोकमा बस दुर्घटना, घटनास्थलमा रहेका वडाध्यक्ष भन्छन् : १६ जनाको ज्यान गयो
फोटो : रामहरि श्रेष्ठ

काठमाडौं : काभ्रेको बेथानचोक गाउँपालिका वडा ४ सल्लाफेदमा बस दुर्घटना हुँदा १६ जनाको मृत्यु भएको छ। बेथानचोक–५ च्याल्टीमा पुगेर फर्केको बा ३ ख ४३८५ नम्बरको रिजर्भ बस मङ्गलबार साँझ दुर्घटना हुँदा १५ जनाको घटनास्थलमै मृत्यु भएको बेथानचोक वडा ४ का वडाध्यक्ष कृष्णकुमार लामाले बताए।

'छेवारमा मावली बनेर फर्केकाहरु रहेछन्। १५ जनाको घटनास्थलमै ज्यान गयो,' घटनास्थलबाट वडाध्यक्ष लामाले भने, 'एक जनाको उपचारका लागि लैजाँदै गर्दा बाटैमा मृत्यु भएको भन्ने सुनियो।'

जिल्ला प्रहरी कार्यालय काभ्रेका डिएसपी डुण्डीराज न्यौपानेले घाइतेको बनेपा र धुलिखेल अस्पतालमा उपचार हुँदै गरेको जानकारी दिए। अस्पताल मृत्यु भएका र घाइते गरी २९ जना आइपुगेको भए पनि यकिन विवरण आइसकेको छैन।

दुर्घटनाका घाइतेलाई उपचारका लागि धुलिखेल तथा बनेपास्थित शिरमेमोरियल अस्पतालमा लगिएको छ। दुर्घटनास्थलमा अहिले सेनासमेत आइपुगेको लामाले बताए। घटनाको विस्तृत विवरण आउन बाँकी रहेको काभ्रे प्रहरीले जनाएको छ। मृतकको सनाखत हुन सकेको छैन।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell