PahiloPost

May 6, 2024 | २४ बैशाख २०८१

क्रोएसियालाई हराउँदै अर्जेन्टिना फाइनलमा: अल्भारेजको दुई गोल, मेस्सीको एक गोल



पहिलोपोस्ट

क्रोएसियालाई हराउँदै अर्जेन्टिना फाइनलमा: अल्भारेजको दुई गोल, मेस्सीको एक गोल
Photo: Sorin Furcoi/Al Jazeera

अर्जेन्टिना फिफा विश्वकप २०२२ को फाइनलमा प्रवेश गरेको छ। बुधवार सम्पन्न पहिलो सेमिफाइनल खेलमा अर्जेन्टिनाले क्रोएसियालाई ३-० गोलअन्तरले हराउँदै फाइनलमा स्थान सुरक्षित गरेको हो।

कतारस्थित लुसइल स्टेडियममा सम्पन्न खेलमा अर्जेन्टिनाले खेलको ३४ औं मिनेटमा अग्रता बनाएको थियो। अर्जेन्टिनी कप्तान लियोनल मेस्सीले पेनाल्टीमा पाएको अवसर सदुपयोग गर्दै गोल गरेका थिए। त्यसको पाँच मिनेट भित्रै जुलियन अल्भारेजले गोल गर्दै अग्रता दोब्बर बनाए।

पहिलो हाफमा दुई गोलले अघि रहेको अर्जेन्टिनाका लागि तेस्रो गोल पनि अल्भारेजले नै गरे। उनले खेलको ६९ औं मिनेटमा मेस्सीको उत्कृष्ट पासमा गोल गरेका थिए।

दोस्रो सेमिफाइनलमा बुधवार राति फ्रान्स र मोरोक्को भिड्नेछन्। 

मेस्सीको करियरमा अर्जेन्टिनाले दोस्रो पटक विश्वकपको फाइनल खेल्नेछ। यसअघि सन् २०१४ को विश्वकप फाइनलमा अर्जेन्टिना जर्मनीसँग १-० गोलअन्तरले पराजित भएको थियो। 

जारी विश्वकपमा सर्वाधिक गोलकर्ताको सूचिमा मेस्सीले किलियन एम्बाप्पेसँग बराबरी गरेका छन्। दुबैले समान ५ गोल गरेका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell