PahiloPost

Apr 25, 2026 | १२ बैशाख २०८३

कंगोमा बाढी पहिरो : १२० जनाको मृत्यु, उद्धारकार्य जारी



पहिलोपोस्ट

कंगोमा बाढी पहिरो : १२० जनाको मृत्यु, उद्धारकार्य जारी
Photo : AP

कंगोमा अत्याधिक वर्षासँगै गएको बाढी पहिरोका कारण १२० जनाको मृत्यु भएको छ। राजधानी किन्ससा र त्यससँगै जोडिएका अन्य शहरहरु बाढी पहिरोका कारण प्रभावित भएका छन्।

बाढीका कारण सडक र घरहरु जलमग्न भएका छन्। पहिरोका कारण राजधानीलाई देशकै मुख्य 'सि पोर्ट मताडीसँग जोड्ने राजमार्ग बन्द भएको छ। कंगोको प्रधानमन्त्री कार्यालयले सडकहरु अझै चार दिन बन्द रहन सक्ने जनाएको छ।

बाढीपहिरोका कारण १ करोड २० लाख मानिस प्रभावित भएका छन्। उद्दारकार्य जारी रहेकोले मृतकको संख्या अझै बढ्न सक्ने त्यहाँको स्वास्थ्य मन्त्रालयले जनाएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell