PahiloPost

Apr 22, 2025 | ९ बैशाख २०८२

यो विश्वकप मेरो लागि अन्तिम हुनेछ : मेस्सी



पहिलोपोस्ट

यो विश्वकप मेरो लागि अन्तिम हुनेछ : मेस्सी
Molly Darlington/Reuters

अर्जेन्टिनी फुटबल टोलीका कप्तान लियोनल मेस्सीले आइतवारको विश्वकप फाइनल खेल आफ्नो विश्वकप करियरको अन्तिम खेल हुने बताएका छन्। कतारमा जारी विश्वकपको सेमिफाइनलमा क्रोएसियामाथि ३-० गोलको जित निकाले पछि मेस्सीले विश्वकपको अर्को संस्करणमा आफू नखेल्ने बताएका छन्।

'विश्वकपको आफ्नो अन्तिम खेलमा फाइनल खेल्दै विश्वकपको आफ्नो यात्रा पुरा गर्न पाउँदा म पक्कै पनि धेरै खुसी छु। त्यो साँच्चै धेरै सन्तोषजनक छ,' मेस्सीले भनेका छन्, 'योदेखि पछाडि पनि केही वर्षहरू छन्। मलाई लाग्दैन कि म यो गर्न सक्षम हुनेछु। यो यात्रा यो तरिकाले समाप्त गर्नु सानदार हुनेछ।'

३५ वर्षे मेस्सीले विश्वकपबाहेक आफ्नो करियरमा लगभग सबै प्रतियोगिता र अवार्ड जितेका छन्। विश्वको उत्कृष्ट खेलाडीलाई दिइने ब्यालेन डि ओर सातपटक जितेका उनी फिफा उत्कृष्ट वर्ष खेलाडी समेत बनेका छन्। चारपटक च्याम्पियन्स लिग जितेका  उनले विभिन्न लिगहरु जितेका छन्। अर्जेन्टिनालाई कोपा अमेरिका च्याम्पियन समेत बनाएका छन् मेस्सीले।

आइतवार विश्वकपको फाइनलमा मैदानमा उत्रिएसँगै उनी विश्वकपको २६ औं खेलमा मैदानमा हुनेछन्। र, यही मौका हुनेछ उनलाई सबैभन्दा प्रतिष्ठित ट्रफी उचाल्ने।

'विगत केही वर्षदेखि राष्ट्रिय टोलीमा आनन्द लिइरहेको छु। कोपा अमेरिका जित्नु र ३६ खेलमा अपराजित रहँदै विश्वकपमा पुग्नु र विश्वकपको फाइनलसम्मको यात्रा अद्भुत थियो।' उनले भने।

उनले सन् २००५ मा १८ वर्षको उमेरमा अर्जेन्टिनाबाट डेब्यू गरेका थिए। उनले अन्तर्राष्ट्रिय करियरमा १७२ खेलहरूमा ९७ गोल गरेका छन्। जारी विश्वकपमा पनि पाँच गोल गरेका मेस्सी सर्वाधिक गोलकर्ताको सूचीमा फ्रान्सका खेलाडी किलियन एम्बाप्पेसँग संयुक्त रुपमा अगाडि छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell