PahiloPost

May 28, 2026 | १४ जेठ २०८३

बाबुराम भट्टराईलाई भेट्न टोखा पुगे अर्जुन नरसिंह केसी, के के कुराकानी भयो?



पहिलोपोस्ट

बाबुराम भट्टराईलाई भेट्न टोखा पुगे अर्जुन नरसिंह केसी, के के कुराकानी भयो?

काठमाडौं : नेपाल समाजवादी पार्टीका अध्यक्ष बाबुराम भट्टराई र नेपाली कांग्रेसका नेता अर्जुन नरसिंह केसीबिच भेटवार्ता भएको छ। टोखास्थित भट्टराईको निवासमा दुई नेताबिच करिब साढे एक घण्टा छलफल भएको हो।

भेटका क्रममा मंसिर ४ गते सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको परिणाम, नयाँ सरकार गठन, संसदीय अकंगणितबारे कुराकानी भएको थियो। उनीहरुबिच भष्ट्राचारविरुद्ध एक भइ लड्ने विषयमासमेत प्रतिबद्धता व्यक्त भएको थियो।

केसी र भट्टराईबिच अर्थतन्त्र सुधारको सन्दर्भमा गठबन्धन दलहरु बिच साझा अवधारणा तयार गरेर सहकार्य गरि अघि बढ्ने विषयमा पनि सहमति भएको छ।

पछिल्लो समय केसीले विभिन्न राजनीतिक दलका नेताहरुसँग आफ्नो भेटलाई बढाउँदै लगेका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell