PahiloPost

Jul 31, 2026 | १५ साउन २०८३

नेपालमा हलिउड फिल्म 'अवतार २'ले पायो उच्च शो, अग्रिम टिकट बिक्री पनि आक्रामक



पहिलोपोस्ट

नेपालमा हलिउड फिल्म 'अवतार २'ले पायो उच्च शो, अग्रिम टिकट बिक्री पनि आक्रामक

बहुप्रतिक्षित हलिउड फिल्म ‘अवतार : द वे अफ वाटर’ नेपालमा आउँदो शुक्रवारदेखि प्रदर्शन हुँदैछ। यस फिल्मले नेपालका मल्टिप्लेक्सहरुमा उच्च शो पाउनुका साथै आक्रामक ओपनिङ गर्ने संकेत देखाएको छ।

केही दिनअघि नेपालका हलहरुले अग्रिम टिकट बिक्री खुला गरेको थियो। देशकै ठूलो मल्टिप्लेक्स चेन क्युएफएक्सले अवतारलाई देशभर नै थ्रीडीतर्फ ६७ र टु-डीतर्फ १५ शो दिएको छ। जसमध्ये आधा टिकट 'सोल्डआउट' समेत भइसकेका छन्।

त्यसैगरि, वान सिनेमाज् नयाँ बाँनेश्वर र कालिमाटीबाट यस फिल्मले शुक्रवार १८ शो पाएको छ। क्युजसिनेमाजले १० शो, बीग मुभिजले १० शो र चावहिलस्थित एफक्युब सिनेमाजले फिल्मलाई १२ शो उपलब्ध गराएको छ। जसमध्ये प्राइम टाइमका शोहरुको टिकट बिक्री भइसकेको छ।

नेपालमा यो फिल्म एप्पल इन्टरटेनमेन्टले रिलिज गर्न लागेको हो। फिल्म ‘अवतार २’ले एक महिनादेखि सुस्ताएको नेपाली हलको व्यापारलाई उकास्ने देखिन्छ।

जेम्स क्यामरुन निर्देशित यो फिल्म साढे तीन घण्टा लामो छ। 

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell