PahiloPost

Jul 1, 2024 | १८ असार २०८१

निर्वाचन आयोगले भोलि राष्ट्रपति भण्डारीलाई मतपरिणाम प्रतिवेदन बुझाउने



पहिलोपोस्ट

निर्वाचन आयोगले भोलि राष्ट्रपति भण्डारीलाई मतपरिणाम प्रतिवेदन बुझाउने

काठमाडौं : निर्वाचन आयोगले मंसिर ४ गते सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको अन्तिम मतपरिणाम प्रतिवेदन भोलि राष्ट्रपति विद्यादेवी भण्डारीलाई बुझाउने भएको छ।

बहादुर भवनस्थित कार्यालयमा पत्रकार सम्मेलन गर्दै आयोगले प्रतिवेदन बुझाउने तयारीबारे जानकारी दिएको हो।

प्रतिनिधि सभातर्फ सात वटै दलको समानुपातिक सूची समावेशी भए पनि प्रदेशमा भने केही गडबडी देखिएपछि मतपरिणाम सार्वजनिकमा केही ढिलाई भएको हो। प्रदेशतर्फ समावेशी सिद्धान्तअनुसार सूची नमिलेपछि आयोगले सोमवार एमालेलाई सच्याउन आग्रह गरेको थियो। एमालेले मंगलवार नाम सच्चाएर पेश गरेसँगै मतपरिणाम प्रतिवेदन बुझाउन लागिएको हो।

आयोगले समानुपातिकबाट निर्वाचित भएकाहरुलाई आयोगको कार्यालयमा नै प्रमाणपत्र वितरण गर्ने तयारीसमेत गरेको छ।

मंसिर ४ गते सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनबाट २७५ जना सांसदहरु नि‍र्वाचित भएका छन्। १६५ जना प्रत्यक्षबाट र ११० समानुपातिक तर्फबाट निर्वाचित भएका हुन्।

प्रतिवेदन प्राप्त गरेपछि राष्ट्रपतिले ३० दिनभित्र संसदको बैठकका लागि आह्वान गर्ने संवैधानिक व्यवस्था छ। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell