PahiloPost

Jul 31, 2026 | १५ साउन २०८३

वान एक्सबेटमार्फत सट्टेबाजी, दुई करोड रकमान्तर : ९४ वटा सिमसहित परे प्रहरीको फन्दामा



पहिलोपोस्ट

वान एक्सबेटमार्फत सट्टेबाजी, दुई करोड रकमान्तर : ९४ वटा सिमसहित परे प्रहरीको फन्दामा

काठमाडौं : फिफा विश्वकपमा वान एक्सबेटबाट सट्टेबाजी गर्ने एक जना पक्राउ परेका छन्। महोत्तरीको महोत्तरी गाउँपालिका वडा १ आदर्श ठाकुरलाई प्रहरीले ललितपुरको सानेपाबाट पक्राउ गरेको हो।

फिफा विश्वकप २०२२ लगायत विश्वमा सञ्चालन हुने खेल तथा गतिविधिहरुमा सट्टेबाजी गर्न प्रयोग हुने बेटिङ एप्लिकेसन वान एक्सबेटमार्फत सट्टेबाजी लगाउने रकम संकलन गर्ने गराउने कार्यमा सक्रिय रहेको सूचनाको आधारमा मंगलवार उनलाई पक्राउ गरिएको ललितपुर प्रहरीले जनाएको छ।

ठाकुरले विगत ८ महिनादेखि सट्टेबाजी एजेन्टको रुपमा काम गरेको र विभिन्न व्यक्तिको नागरकिताको प्रतिलिपि प्रयोग गरी फरकफरक सिमकार्ड निकालेको प्रहरी अनुसन्धानमा खुलेको छ। उनको साथबाट एनसेल र स्मार्ट कम्पनीका ९४ थान सिमकार्ड बरामद गरिएको प्रहरीले जनाएको छ। ठाकुरले अहिलेसम्म विभिन्न बैंकमार्फत सट्टेबाजी गर्ने क्रममा २ करोड २ लाख ८४ हजार ४४८ रुपैयाँ वालेटबाट रकमान्तर गरेको अनुसन्धानमा खुलेको छ। प्रहरीले अहिले उनले प्रयोग गर्ने डिजिटल वालेटहरु रोक्का राखेको जनाएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell