PahiloPost

Mar 21, 2026 | ७ चैत्र २०८२

न्युजिल्याण्डमा सुर्तीजन्य पदार्थबारे नयाँ कानुन पारित, सन् २००९ पछि जन्मेकाले किन्न-बेच्न नपाउने



पहिलोपोस्ट

न्युजिल्याण्डमा सुर्तीजन्य पदार्थबारे नयाँ कानुन पारित, सन् २००९ पछि जन्मेकाले किन्न-बेच्न नपाउने

 

न्युजिल्याण्ड सरकारले युवाहरुलाई लक्षित गर्दै  सुर्तीजन्य सामाग्री प्रयोग र बिक्री वितरणमा प्रतिबन्ध लगाइएको छ।

सरकारले सुर्तीजन्य धूमपानलाई नियन्त्रण गर्न नयाँ कानुन ल्याएको हो। जसअनुसार सन् २००९ जनवरी १ वा त्यसपछि जन्मेका कसैलाई पनि सुर्ती वा चुरोट बेच्न पाइने छैन।

न्युजिल्याण्डका अधिकारीहरुले यो कानुन लागू भएसँगै आउने देशबाट विस्तारै धुमपानको अम्मल हराउने विश्वास व्यक्त गरेका छन्। सन् २०२५ सम्ममा न्युजिल्याण्डलाई धुमपानमुक्त देश बनाउने लक्ष्य सरकारले लिएको छ।

सरकारले नयाँ कानूनमार्फत चुरोट बेच्न अनुमति दिने खुद्रा बिक्रेताको संख्या पनि घटाएको छ। बिक्रेताको संख्या ६ हजारबाट घटाएर ६०० मा पुर्‍याइएको छ। यस्तै, सुर्तीमा निकोटिनको मात्रा पनि उल्लेख्यरूपमा घटाउन नयाँ कानुनमा व्यवस्था गरिएको छ।

प्रतिबन्ध लगाउने कानुन संसदबाट पारित भएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell