PahiloPost

Apr 22, 2025 | ९ बैशाख २०८२

रवि लामिछानेको सांसद पद खारेजीको मागसहित सर्वोच्चमा मुद्दा दर्ता, पुस ६ गते पेशी



पहिलोपोस्ट

रवि लामिछानेको सांसद पद खारेजीको मागसहित सर्वोच्चमा मुद्दा दर्ता, पुस ६ गते पेशी

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको सांसद पद खारेजीको मागसहित सर्वोच्च अदालतमा रिट दायर भएको छ। बुधवार युवराज पौडेलले लामिछानेको सांसद पद खारेजीको माग गर्दै सर्वोच्चमा रिट दायर गरेका हुन्।

‘सांसद पद खारेज हुनुपर्छ भनेर मुद्दा दर्ता गरेको हुँ,’ पौडेलले भने। लामिछानेविरुद्धको मुद्दा सर्वोच्चमा दर्ता भइसकेको अदालतले जनाएको छ।

यसअघि युवराजकै नेतृत्वमा लामिछानेको नागरिकता खारेज गर्न माग गर्दै गृहमन्त्रालयमा उजुरी परेको थियो। चितवन २ बाट प्रतिनिधि सभामा निर्वाचित लामिछानेले अमेरिकी नागरिकता त्यागेपछि नयाँ नेपाली नागरिकता नलिएको विषयमा विवाद बढेको छ। यही विषयलाई ध्यानाकर्षण गराउँदै आफूले मुद्दा दायर गरेको युवराजले बताए।

रिटको पेशी पुस ६ गतेका लागि संवैधानिक इजलासमा तोकिएको छ।  



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell