PahiloPost

May 28, 2026 | १४ जेठ २०८३

धनुषा-४ का कांग्रेस उम्मेदवार महेन्द्र यादवले पुन: मतगणनाको माग गर्दै सर्वोच्चमा रिट दर्ता



पहिलोपोस्ट

धनुषा-४ का कांग्रेस उम्मेदवार महेन्द्र यादवले पुन: मतगणनाको माग गर्दै सर्वोच्चमा रिट दर्ता

जनकपुरधाम : नेपाली कांग्रेसका सहमहामन्त्री एवंम धनुषा क्षेत्र नम्बर ४ का उम्मेदवार महेन्द्र यादवले पुन: मतगणनाको माग गर्दै सर्वोच्च अदालतमा रिट दायर गरेका छन्। सो क्षेत्रबाट नेकपा एमालेका उम्मेदवार रघुवीर महासेठ निर्वाचित हुँदा महेन्द्र पराजित भएका थिए।

निर्वाचन आयोगले सार्वजनिक गरेको मत परिणाममा असहमति जनाउँदै महेन्द्रले बुधबार सर्वोच्च अदालतमा रिट निवेदन दर्ता गराएका हुन्। उनले दोहोर्‍याएर मत गन्न माग गरेका हुन्। आयोगका अनुसार महासेठ ३२ हजार २३६ मत ल्याइ विजयी हुँदा यादवले ३२ हजार ११२ मत ल्याएका थिए।

रिटमा निर्वाचन आयोग, मुख्य निर्वाचन अधिकृतको कार्यालय धनुषा, जिल्ला निर्वाचन कार्यालय धनुषा, प्रमुख जिल्ला अधिकारी र एमाले उम्मेदवार महासेठलाई विपक्षी बनाइएको छ।

महेन्द्रले दिएकाे रिट सर्वोच्च अदालतको संवैधानिक इजलासमा दर्ता भएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell