PahiloPost

May 13, 2024 | ३१ बैशाख २०८१

बालेनको सम्मान नगरेको भन्नेलाई निश्चलको जवाफ : सत्य मतलब भएन, गाली गर्न पछि हट्न हुन्न



पहिलोपोस्ट

बालेनको सम्मान नगरेको भन्नेलाई निश्चलको जवाफ : सत्य मतलब भएन, गाली गर्न पछि हट्न हुन्न

काठमाडौं : टिकटकमा निर्देशक तथा कलाकार निश्चल बस्नेत र काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन)को एउटा भिडियो अहिले भाइरल भइरहेको छ। युटयबबाट भिडियो डाउनलोड गरेर सानो बालेन र निश्चल देखिने सो सानो भिडियोमा बालेनले निश्चललाई नमस्ते गर्छन्। तर, निश्चलले वास्ता नगरेको जस्तो देखिन्छ। त्यही सानो भिडियोलाई लिएर टिकटक प्रयोगकर्ताहरुको निशानामा परे निश्चल।

पछिल्लो समय बालेनकोविरुद्ध बोल्ने वा उनको विरुद्धमा केही गर्नेविरुद्ध अधिकांश सामाजिक संजाल प्रयोगकर्ताले आक्रोश व्यक्त गर्ने गरेका छन्। कुरै नबुझी 'कमेन्ट' गर्नेको संख्या धेरै छ। त्यही क्रम यो भिडियो प्रकरणमा पनि दोहोरियो। बालेनलाई सम्मान नगरेको भन्दै अबदेखि निश्चलका फिल्महरु नहेर्ने भन्दै आलोचना हुन थालेको छ।

आलोचनाबिच निश्चलले सो भिडियोबारे स्पष्टीकरण दिएका छन्। उनले फेसबुकमार्फत भिडियोको सानो क्लिप हेरेर धारणा बनाउन नहुने उल्लेख गरेका छन्। निश्चलले अहिले सानो भिडियो हेरेर कसैको 'चरित्र हत्या' गर्न सजिलो भएको भन्दै बालेन समर्थकहरु प्रति आक्रोश व्यक्त गरेका छन्।

बालेनलाई मेयर बनाउने अभियानमा सक्रिय रहेका निश्चलले भिडियो अहिलेको नभएको स्पष्ट गरेका छन्। हाल चर्चामा रहेको भिडियो चिसो एस्ट्रोको प्रिमियरको बेला भएको निश्चलले बताएका छन्।

‘बालेनले गरेको नमस्कार मैले नफर्काएर इग्नोर गरेको भन्दै टिकटकमा एउटा भिडियो भाइरल रहेछ। साथीभाइले आफन्तले पनि प्रश्न गर्न थाले के गरेको तैले भन्दै। त्यै भएर लेख्दैछु। बालेनलाई मेयर बनाउन अभियान चलिरहेको बेलाको कथा हो,' उनले लेखेका छन्, '७/८ महिनाअघि फिल्म 'चिसो एष्ट्रे' को प्रिमियरको बेलाको कुरा हो,' उनले लेखेका छन्।

निश्चलले सो भिडियोमा देखिएजस्तै आफू र बालेनको भेट त्यही बेला नभइ अघि नै भइसकेको बताएका छन्। त्यसपछि बालेन र आफू अरुहरुलाई अभिवादन दिन अघि बढेको निश्चलले बताएका छन्।

'बालेन र मेरो भेट अगाडि नै भएर सँगै सँगै थियौँ। अरु चिनजानका साथीहरु आउँदा उनले अरुलाई र मैले अरुलाई ग्रिट गरिरहेका थियौँ। कथा सकियो।’ 

निश्चलले भिडियोको सानो क्लिप मात्रै हेरेर गालिगलौच र अरुको चरित्रको बारेमा नराम्रो भन्नुको साटो सत्य बुझ्न अनुरोधसमेत गरेका छन्। 

'मेयरलाई सम्मान नगरेकै आधारमा मैले नकारात्मक टिप्पणीहरु पाउनुपर्ने हो?' उनले प्रश्न गरेका छन्।

 

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell