PahiloPost

Apr 25, 2026 | १२ बैशाख २०८३

बालुवाटार पुगेर देउवासँग केसीको बधाई साटासाट



पहिलोपोस्ट

बालुवाटार पुगेर देउवासँग केसीको बधाई साटासाट

काठमाडौं : नेपाली कांग्रेसका नेता अर्जुन नरसिंह केसीले कांग्रेस सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवासँग भेट गरेका छन्। बुधवार साँझ बालुवाटारमा भएको भेटमा दुई नेताबीच बधाई साटासाट भएको केसीको सचिवालयले जनाएको छ।

हालै सम्पन्न निर्वाचनमा देउवा डडेल्धुराबाट र केसी नुवाकोट २ बाट निर्वाचित भएका हुन्। भेटका क्रममा नयाँ सरकार गठनको बारेमा छलफल भएको थियो।

त्यसैगरी निर्वाचन परिणामको समीक्षासमेत गरिएको थियो। भेटमा नुवाकोटमा अधुरा रहेका विकासका बारेमा पनि छलफल भएको केसीको सचिवालयले जनायो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell