PahiloPost

Apr 21, 2025 | ८ बैशाख २०८२

आमबोटेमा राष्ट्रपति भण्डारी : शिक्षालयको उद्घाटन, शिवालयमा पूजा अर्जना

आमबोटेमा राष्ट्रपति भण्डारी : शिक्षालयको उद्घाटन, शिवालयमा पूजा अर्जना

रासस/पहिलोपोस्ट


भोजपुर : राष्ट्रपति विद्यादेवी भण्डारी बुधवार भोजपोरस्थित आफ्नो जन्मगाउँ रामप्रसाद राई गाउँपालिका–५ मानेभञ्याङ आमबोटेमा पुगेकी छिन्। राष्ट्रपति भण्डारी आमबोटेमा निर्माण भएको ‘श्रीराम मिथिला बहुप्राविधिक शिक्षालय’ उद्घाटन गर्न पुगेकी हुन्।

शिक्षालय उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै राष्ट्रपति भण्डारीले शिक्षालयको स्थापनाले स्थानीयवासीलाई प्राविधिक शिक्षा लिन सहज हुने विश्वास व्यक्त गरिन्।

भण्डारीले पिता रामबहादुर पाण्डे र माता मिथिला पाण्डेको सम्झनामा शिक्षालय स्थापना गर्न पहल गरेकी हुन्। दुर्गम ठाउँका स्थानीयवासीमा प्राविधिक शिक्षाको पहुँच विस्तार गर्न भण्डारीको पहलमा यहाँ ११ करोड ३९ लाख ७३ हजार आठ सय लागतमा शिक्षालय निर्माण गरिएको हो।

राष्ट्रपति भण्डारीले बेहेरेश्वर महादेव र शिवालय मन्दिरको दर्शनसँगै आफू अध्ययन गरेको बेहेरेश्वर माध्यमिक विद्यालयको निरीक्षणसमेत गरेकी थिइन्। जन्मघर नजिकै ५५ रोपनी क्षेत्रफलमा निर्माण भएको प्राविधिक शिक्षालयलाई राष्ट्रपतिले ३७ रोपनी र उनका परिवारले १८ रोपनी जग्गा निःशुल्क प्रदान गरेको थियो।



ट्रेन्डिङ पोस्ट

Ncell