PahiloPost

May 19, 2024 | ६ जेठ २०८१

जनजाति महिला महासंघको महाधिवेशन सुरु



पहिलोपोस्ट

जनजाति महिला महासंघको महाधिवेशन सुरु

काठमाडौं : राष्ट्रिय आदिवासी जनजाति महिला महासंघ (निफ)को आठौं राष्ट्रिय महाधिवेशन काठमाडौंमा सुरु भएको छ। काठमाडौंको राष्ट्रिय नाचघरमा महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री उमा रेग्मीले महाधिवेशनको उद्घाटन गर्दै आदिवासी जनजाति महिलाको परम्परागत ज्ञान र सीपको संरक्षण, विकास र प्रवर्द्धनमा राज्यले भूमिका खेल्ने प्रतिवद्धता जनाइन्।

आगामी ३ वर्षका लागि नयाँ नेतृत्वसमेत चयन गर्ने महाधिवेशनमा महासंघका ४८ वटा सदस्य संगठनबाट एक प्रतिनिधि र एक पर्यवेक्षक गरी ९६ जना सहभागी छन्।

महाधिवेशनमार्फत १ अध्यक्ष, हिमाल, पहाड र तराईलाई प्रतिनिधित्व गर्नेगरी ३ उपाध्यक्ष र १ महासचिव निर्वाचित हुनेछन्।
त्यसैगरी, अनसन्धन तथा सूचना र सञ्चार, विदेश तथा परियोजना, जनसम्पर्क तथा संगठन विस्तार र भाषा तथा संस्कृति हेर्नेगरी ४ जना सचिव निर्वाचित हुनेछन्। महाधिवेशनले एक कोषाध्यक्षसमेत निर्वाचित गर्नेछ।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell