PahiloPost

May 28, 2026 | १४ जेठ २०८३

सयौं मोरोक्कोनका लागि तय गरिएका दोहाको उडान अन्तिम अवस्थामा रद्द



पहिलोपोस्ट

सयौं मोरोक्कोनका लागि तय गरिएका दोहाको उडान अन्तिम अवस्थामा रद्द
फोटो : Getty Images

मोरोक्कन फूटबल फ्यानहरु अन्तिम समयमा फ्लाइट रद्द हुँदा कतारमा पुग्नबाट रोकिएका छन्। बुधवार फ्रान्ससँगको भिडन्त हेर्ने तयारीका साथ मोरोक्कोबाट उड्ने तयारीमा रहेकाहरु त्यतै रोकिएको बीबीसीले जनाएको छ।

मोरोक्कोको राष्ट्रिय एयरलायन्सले फुटबल फ्यानहरुलाई कतारको दोहास्थित अल बायत रंगशालामा उतार्न ७ वटा थप फ्लाइट उडाउने योजना बनाएको थियो। मोरोक्कोको फुटबल संघले १३ हजार जनालाई फ्रि टिकट दिने घोषणा गरेपछि मोरोक्को एयर मरोकले उक्त योजना बनाएको थियो।

तर बुधवार अन्तिम समयमा आएर कतारी अधिकारीहरुले उडान रोकेको भन्दै फ्यान लिएर उड्न तयार भएको जहाज नउडेको हो। कतारी अधिकारीहरुले जहाज रोक्नुको कुनै कारण उल्लेख गरेको छैन। तर एयर मरोकले एक वक्तव्य जारी गर्दै फ्यानहरु उडाउन नपाएकोमा क्षमायाचना गरेको छ।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell