PahiloPost

May 4, 2024 | २२ बैशाख २०८१

‘ब्लू फर बिजनेस’ : कम्पनीका ट्वीटर अकाउन्टका लागि सुनौलो रंगको ‘चेकमार्क’



पहिलोपोस्ट

‘ब्लू फर बिजनेस’ : कम्पनीका ट्वीटर अकाउन्टका लागि सुनौलो रंगको ‘चेकमार्क’

ट्वीटरले आफ्नो विवादास्पद सशुल्क सेवा ‘ट्वीटर ब्लू’सँगै कम्पनीहरुको लागि नयाँ अफर ल्याएको छ। ट्वीटरले ‘ब्लू फर बिजनेस’ नामक नयाँ सेवा ल्याएको हो। जसमा कम्पनी अकाउन्टहरूले सुनौलो रंगको चेकमार्क पाउनेछन्

आफ्नो ‘सपोर्ट पेज’मा ट्वीटरले हाल परीक्षणको क्रममा रहेको ‘ब्लू फर बिजनेस’ले कम्पनीका ट्वीटर अकाउन्टहरुलाई ‘कर्पोरेट संस्था’ हो भनेर निर्दिष्ट गर्ने उद्देश्य राखिएको बताएको छ।

‘ब्लू फर बिजनेस’को लागि मूल्य निर्धारण संरचना अझै स्पष्ट गरिएको छैन। यसबारे ट्वीटरको ‘सपोर्ट पेज’मा पनि उल्लेख गरिएको छैन।

विभिन्न प्रकारका ‘भेरिफिकेसन ब्याज’मार्फत मस्कले ट्वीटरलाई नाफामा ल्याउन खोजेका छन्। कम्पनीले हाल १३ अर्ब डलर ऋणको वार्षिक रुपमा अनुमानित एक अर्ब डलर ब्याज तिरिरहेको छ। एनालिटिक्स फर्म ‘सेन्सर टावर’को विवरणअनुसार ट्वीटर एपले आजसम्म ६४ लाख डलरमात्रै इन-एप खरिदबाट कमाउन सकेछ, जसमा ट्वीटर ब्लू अग्र स्थानमा छ।

ट्‍वीटरले ‘ट्वीटर ब्लू’को मूल्य आइफोन एपमार्फत भुक्तानी गर्नेहरुका लागि बढाउने भएको छ। आइफोन एपमार्फत भुक्तानी गर्नेहरुका लागि ‘ब्लू चेकमार्क’को मूल्य ७.९९ डलरबाट ११ डलरमा परिवर्तन गरेको छ।

अक्टोबरमा ट्‍वीटरको स्वामित्व लिएका इलन मस्कले माइक्रो ब्लगिङ साइट ट्‍वीटरको भेरिफाइड सेवा व्यक्ति, कम्पनी र सरकारहरूका लागि विभिन्न रंगीन ‘चेकमार्क’हरू सहित रोल आउट गर्ने योजना बनाएको बताइएको छ। 

मस्कले गत हप्ता ट्‍वीटको एक सिरिजमा एप्पलसँग आईफोन निर्माताले सफ्टवेयर विकासकर्ताहरूलाई इन-एप खरिदहरूको लागि लिने ३० प्रतिशत शुल्क लिने लगायतका विभिन्न गुनासो रहेको उल्लेख गरेका थिए। उनले कमिसन तिर्नको सट्टा एप्पलसँग ‘युद्धमा जान’ इच्छुक रहेको सुझाव दिने मिम पनि पोस्ट गरेका थिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell