PahiloPost

Apr 29, 2024 | १७ बैशाख २०८१

कतारमा को बन्ला सर्वाधिक गोलकर्ता र सर्वोकृष्ट खेलाडी? विश्वकपको इतिहासमा कसकसले जिते गोल्डेन बुट र गोल्डेन बल?



पहिलोपोस्ट

कतारमा को बन्ला सर्वाधिक गोलकर्ता र सर्वोकृष्ट खेलाडी? विश्वकपको इतिहासमा कसकसले जिते गोल्डेन बुट र गोल्डेन बल?
businesstoday

फिफा विश्वकप अन्तर्गत आइतबार फाइनल खेल हुँदैछ। फाइनल खेलमा अर्जेन्टिना र फ्रान्स प्रतिस्पर्धामा उत्रँदै गर्दा उपाधिसँगसँगै समर्थकको चासो रहने यसपाला गोल्डन बुट र बल कसले जित्ला भनेर। उत्कृष्ट खेलाडी र सर्वाधिक गोलकर्ता को बन्ला भनेर धेरैको चासो छ।

सर्वाधिक गोलकर्ताको सूचीमा फाइनल पुगेका दुई टोली अर्जेन्टिका कप्तान लियोनल मेस्सी र फ्रान्सका किलियन एम्बाप्पे छन्। दुबैले समान ५ गोल गर्दा मेस्सीले ३ असिस्ट र एम्बाप्पेले एक असिस्ट गरेका छन्। त्यस्तै फ्रान्सका ओलिभर जिरु र अर्जेन्टिनाका जुलियन अल्भारेज पनि समान ४ गोल गरेका सर्वाधिक गोलकर्ताको होडमा कायम छन्।

सन् १९३० देखि प्रत्येक चार-चार (१९४२ र २६ मा दोस्रो विश्वयुद्धका कारण नभएको)वर्षमा हुँदै आएको विश्वकपमा सर्वाधिक गोल गर्ने र उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीहरु।

सर्वाधिक गोलकर्ताहरु

१९३० : गुइलेर्मो स्टाबिल (अर्जेन्टिना) -८

१९३४ : ओल्डरिच नेजेड्ली 9चेकोस्लोभाकिया) - ५

१९३८ : लियोनिदास (ब्राजिल) - ७

१९५० : अडेमिर (ब्राजिल) - ८

१९५४ : सान्डोर कोसिस (इटली)- ११

१९५८ : जस्ट फन्टेन (फ्रान्स) - १३

१९६२ : गारिन्चा भाभा (ब्राजिल) लियोनास सान्चेज (चिली) फ्लोरियन अल्बर्ट (हंगेरी) भ्यालेन्टिन इभानोभ (सोभियत रुस) ड्राजन डेर्जोभिक (युगोस्लाभिया) - ४

१९६६ : युसेबियो (पोर्चुगल) - ९

१९७० : गर्ड मुलर (जर्मनी) - १०

१९७४ : गर्जे लाटो (पोल्याण्ड) - ७

१९७८ : मारियो केम्पस (अर्जेन्टिना)- ६

१९८२ : पाएलो रोसी (इटली)- ६

१९८६ : ग्यारी लिनेकर (इंग्ल्याण्ड)- ६

१९९० : साल्भाटोर सिलाची (इटली) - ६

१९९४ : ह्रिस्टो स्टोइचकोभ (क्लेगिरिया) ओलेग सालेन्को (रसिया)- ६

१९९८ : डेभोर सुकोर (क्रोएसिया) - ६

२००२ : रोनाल्डो (ब्राजिल)- ८

२००६ : मिरोस्ला क्लोज (जर्मनी) - ५

२०१० : थोमस मुलर (जर्मनी) डेभिड भिया (स्पेन) डिएगो फोर्लान (उरुग्वे) वेस्ले स्नाइडर (नेदरल्याण्ड्) - ५

२०१४ : जेम्स रोड्रिगेज (कोलोम्बिया) - ६

२०१८ : ह्यारी केन- ६

उत्कृष्ट खेलाडी

सन् २०३० देखि नै विश्वकपको उत्कृष्ट खेलाडी घोषणा गरेपनि सन् १९८२ को विश्वकपबाटमात्र उत्कृष्ट खेलाडीलाई गोल्डेन बल प्रदान गर्न थालिएको हो।

यी हुन अहिलेसम्मका उत्कृष्ट खेलाडीहरु

१९३० : जोस नासाजी यार्जा उरुग्वे

१९३४ : गियुसेपे मेज्जा इटली

१९३८ : लियोनिसदास ब्राजिल

१९५० : जिजिन्हो ब्राजिल

१९५४ : फेरेन्च पुस्कास हैगेरी

१९५८ : डिडि ब्राजिल

१९६२ : गारिन्चा

१९६६  : सर बबी चार्ल्टन

१९७० : पेले

१९७४ : योहान क्रुफ नेदरल्याण्ड्स

१९७८ : मारियो केम्पस अर्जेन्टिना

१९८२ : पाउलो रोसी इटली

१९८६ : डिएगो म्याराडोना अर्जेन्टिना

१९९० : साल्भाटोर सिलाची इटली

१९९४ : रोमारियो ब्राजिल

१९९८ : रोनाल्डो ब्राजिल

२००२ : ओलिभर कहान जर्मनी

२००६ : जिनेदिन जिदान फ्रान्स

२०१० : डिएगो फोर्लान उरुग्वे

२०१४ : लियोनल मेसी अर्जेन्टिना

२०१८: लुका मोड्रिच



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell