काठमाडौं : काठमाडौं महानगरपालिकाले एकसातादेखि विभिन्न कार्यक्रम गरेर स्थापना दिवस मनाइसकेको छ। २८ औं महानगर दिवसको अवसरमा आज वसन्तपुरमा सांस्कृति कार्यक्रम आयोजना गरिएको छ।
वसन्तपुर डबलीमा आयोजित कार्यक्रमको उद्घाटन शहरी विकास मन्त्री मेटमणि चौधरीले गरेका थिए। कार्यक्रममा महानगर प्रमुख बालेन्द्र शाह, उपप्रमुख सुनिता डंगोलसँगै काठमाडौं महानगरपालिकाका पूर्व प्रमुख विद्यासुन्दर शाक्य, ललितपुर महानगर प्रमुख चिरिबाबु महर्जन काठमाडौं क्षेत्र नम्बर २ बाट निर्वाचित सोबिता गौतम, वाग्मती प्रदेशका मन्त्रीहरु लगायतको पनि उपस्थिति थियो।
महानगर दिवसको अवसरमा डबली क्षेत्रमा मेला पनि आयोजना गरिएको छ। मेलामा विभिन्न सामाग्रीहरु बिक्रीका लागि राखिएका छन्। यस्तै, विविध नेवारी परिकारहरु पनि स्टलमा राखिएका छन्।