PahiloPost

May 18, 2024 | ५ जेठ २०८१

एलिजाबेथलाई काठमाडौंको साँचो हस्तान्तरण गर्ने कमल चित्रकार रहेनन्, देउवाले कांग्रेसको झण्डा ओढाएर दिए श्रद्धाञ्जली



पहिलोपोस्ट

एलिजाबेथलाई काठमाडौंको साँचो हस्तान्तरण गर्ने कमल चित्रकार रहेनन्, देउवाले कांग्रेसको झण्डा ओढाएर दिए श्रद्धाञ्जली

काठमाडौं : नेपाली कांग्रेसका नेता कमल चित्रकारको निधन भएको छ। नेपाल तरुण दलका पूर्व महासचिवसमेत रहेका चित्रकारको वीर अस्पतालमा उपचारका क्रममा निधन भएको हो।

पशुपतिस्थित विद्युतीय शवदाह गृहमा उनको आज अन्तिम संस्कार गरिएको छ। अन्तिम संस्कारमा सहभागी हुन प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा पशुपति पुगेका थिए। देउवाले चित्रकारको पार्थिव शरीरमा नेपाली कांग्रेसको झण्डा ओढाएर सम्मान व्यक्त गरेका थिए।

दिवंगत कमल चित्रकार 


देउवाले चित्रकारले लोकतन्त्र स्थापनाको आन्दोलनमा पुर्‍याएको योगदान सदैव स्मरणीय रहने बताएका छन्। चित्रकार पंचायतकालमा काठमाडौंका प्रधानपञ्च भएका थिए। उनकै कार्यकालमा रत्नपार्कमा पहिलो अन्डरग्राउन्ड शव वे, टेकुमा विद्युतीय शवदाह गृह निर्माण भएको थियो।

बेलायती महारानी एलिजाबेथ द्वितीय नेपाल आउँदा चित्रकारले एलिबेथलाई काठमाडौंको साँचो हस्तान्तरण गरेका थिए। काष्ठमण्डपमा आयोजित कार्यक्रमा राजा विरेन्द्रको उपस्थितिमा चित्रकारले साँचो हस्तान्तरण दिएका थिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell