PahiloPost

Apr 22, 2025 | ९ बैशाख २०८२

प्रशिक्षक प्रभाकरको राजीनामा स्वीकृत गर्‍यो क्यानले



पहिलोपोस्ट

प्रशिक्षक प्रभाकरको राजीनामा स्वीकृत गर्‍यो क्यानले
फाइल फोटो

काठमाडौं: नेपाली क्रिकेट टोलीको प्रशिक्षक मनोज प्रभाकरले राजीनामा दिएका छन्। नेपाल क्रिकेट संघले प्रभाकरको राजीनामा स्वीकृत भएको जनाएको हो। प्रभाकरले नेपालको नामिबिया सिरिज लगत्तै नेपाली टोली छाडेको भए पनि क्यानले राजीनामा पत्र नआउँदासम्म औपचारिक जानकारी दिन नसक्ने जनाएको थियो।

बिहीवार भने क्यानले प्रभाकरको राजीनामा स्वीकृत गरेको जनाउँदै तत्कालबाट उनी प्रशिक्षक नरहेको उल्लेख गरेको छ।

विवादस्पद छविका प्रभाकरले भारतका लागि ३९ टेस्ट र १३० एकदिवसीय खेल खेलेका थिए। रणजीका टिमहरुमा मुख्य प्रशिक्षकको भूमिका पनि निभाइसकेका उनले अफगानिस्तानमा बलिङ प्रशिक्षकका रुपमा पनि काम गरिसकेका छन्। उनी बलरसँगै टप अर्डरमा समेत ब्याटिङ गरेका ब्याट्सम्यान थिए।

कुशल खेलाडीको रुपमा उनी जति चर्चामा आए म्याच फिक्सिङको प्रकरणमा मुछिएर बदनामी पनि त्यतिकै कमाएका थिए। सन् १९९९ भारतीय टोलीका पूर्वकप्तान कपिलदेवमाथि फिक्सिङको आरोप लगाएका उनी पछि आफैले फिक्सिङको ममलामा प्रतिबन्ध ब्यहोरेका थिए। यसबाहेक पनि कपिलदेव र अजहरुद्दिनसँग झगडा गरेर विवादमा आएका थिए उनी। त्यस्तै दिल्लीको प्रशिक्षक छँदा खेलाडी र छनोटकर्तासँग झगडा गरेपछि उनलाई पदबाट हटाइएको थियो।

प्रभाकर नेपाल आएपछि पनि विवादबाट अछुतो रहेनन्। खासगरी खेलाडीहरुसँगै उनको मनमुटाव भएको जानकारहरु बताउँछन्। जसको नतिजा हो, पछिल्ला खेलहरुमा नेपालको नतिजा र प्रदर्शन।

विश्वकपको रोडम्यापका रुपमा रहेको क्रिकेट विश्वकप लिग २ मा नेपालले पछिल्ला ६ खेलमा जित निकाल्न सकेन। पछिल्लो पटक जुलाइमा स्कटल्याण्डलाई हराएयता लिग २ मा नेपालले जित निकालेको छैन। भलै, लिग २ भन्दाबाहेक प्रभाकरले प्रशिक्षण सम्हालेयता कमजोर वरीयताको केन्यालाई हरायो। घरेलु मैदान कीर्तिपुरमा यूएईविरुद्ध सिरिज जित्यो। तर, अघि हप्ता नामिबिया सिरिजमा जितविहिन बन्दै फर्किएको थियो। नामिबिया सिरिजमा चार खेलमा नेपालले ३ पराजय ब्यहोर्दा एक खेल वर्षाले नातिजाविहीन भएको थियो।

प्रभाकर प्रशिक्षकमा आएयता रोहित पौडेल नेपाली टोलीको कप्तानमा नियुक्त भएका थिए। केन्या सिरिजका क्रममा प्रभाकर र केही सिनियर खेलाडीबीच विवाद चर्किएक चर्चा चलेको थियो।

प्रशिक्षक प्रभाकरले आँफै टिमभित्र विवाद भएको स्वीकारेका थिए नेपाल-यूएई सिरिजका क्रममा। अझ टिममा शेख दाजुभाइ(आरिफ शेख र आसिफ शेख) र प्रशिक्षक प्रभाकरबीचको विवादलाई अझ प्रश्रय दिन्छ। यूएईविरुद्धको अर्धशतकपछि आरिफ शेखको सेलिब्रेसन। उनले डगआउट तर्फ फर्किएर 'ब्याट बोल्छ' भन्ने किसिमको संकेत दिएका थिए। त्यस्तै ब्याटिङ अर्डर लगायतको वियषलाई लिएर प्रशिक्षक प्रभाकर आलोचित बन्दै आएका थिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell