PahiloPost

May 28, 2026 | १४ जेठ २०८३

निर्वाचन आयोगले प्रधानमन्त्रीलाई बुझायो चुनावको प्रतिवेदन



पहिलोपोस्ट

निर्वाचन आयोगले प्रधानमन्त्रीलाई बुझायो चुनावको प्रतिवेदन

काठमाडौं : निर्वाचन आयोगले प्रधानमन्त्री शेबहादुर देउवालाई चुनावको प्रतिवेदन बुझाएको छ। प्रमुख निर्वाचन आयुक्त दिनेश थपलिया सहित आयुक्तको टोलीले देउवालाई प्रतिवेदन बुझाएको हो। 

आयोगले बुधवार प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनको परिणाम सार्वजनिक गरेको थियो। मंसिर ४ गते सम्पन्न भएको निर्वाचनको अन्तिम परिणाम बुधवार मात्रै सार्वजिनक भएको थियो। 

आयुक्तहरुसँगको भेटमा देउवाले सफलता पूर्वक निर्वाचन सम्पन्न गरेकोमा धन्यवाद दिएका थिए। आयोगका पदाधिकारीले सफलता पूर्वक निर्वाचन सम्पन्न गराउन सरकारले सहयोग गरेको बताएका थिए। 

आजै आयोगले राष्ट्रपति विद्यादेवी भण्डारी र उपराष्ट्रपति नन्दबहादुर पुनलाई पनि प्रतिवेदन बुझाएको थियो।

प्रतिनिधि सभा र प्रदेश सभाको नतिजा आएसँगै अब ३० दिन भित्र राष्ट्रपति विद्यादेवी भण्डारीले संसदको अधिवेशन बोलाउने छिन्। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell