PahiloPost

May 28, 2026 | १४ जेठ २०८३

फ्राइडे रिलिज : हलिउड फिल्म ‘अवतार : द वे अफ वाटर’ प्रदर्शनमा



पहिलोपोस्ट

फ्राइडे रिलिज : हलिउड फिल्म ‘अवतार : द वे अफ वाटर’ प्रदर्शनमा

काठमाडौं : आज शुक्रवार नेपाली सिनेमाहलमा एक मात्रै विदेशी फिल्म प्रदर्शनमा आएको छ। बहुप्रतिक्षित हलिउड फिल्म ‘अवतार : द वे अफ वाटर’ आजबाट रिलिज भएको हो।

सोलो रिलिजको मौका पाएको यस फिल्मले मल्टिप्लेक्स हलहरुमा उच्च शो पाएको छ। एप्पल इन्टरटेनमेन्टले नेपाल भित्र्याएको यस फिल्मले बक्सअफिसमा राम्रो कमाई गर्ने हलवालाको आशा छ।

फिल्म ‘अवतार: द वे अफ वाटर’ सन् २००९ मा रिलिज भएको ‘अवतार’ को सिक्वेल हो। सो फिल्म अहिलेसम्मकै सबैभन्दा धेरै कमाउने चलचित्र हो। जसकारण पनि वर्षपछि रिलिज हुन लागेको ‘अवतार’को दोस्रो संस्करण संसारभरिका दर्शकका लागि बहुप्रतिक्षित छ।

यस फिल्ममा सैम वर्थिन्‍गटन, जो साल्डाना, सिगौर्नी वीभर, स्टीफन लैन्ग लगायतका कलाकारहरुको अभिनय छ। जेम्स क्यामरुन निर्देशित यो फिल्म साढे तीन घण्टा लामो छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell