PahiloPost

Jul 27, 2024 | १२ साउन २०८१

फिल्म ‘हात्तीछाप’मा दयाहाङ राई अनुबन्धित



पहिलोपोस्ट

फिल्म ‘हात्तीछाप’मा दयाहाङ राई अनुबन्धित

काठमाडौं : फिल्म ‘हात्तीछाप’मा अभिनेता दयाहाङ राई अनुबन्धित भएका छन्। निर्माण टिम र दयाबिच बिहीवार लिखित सम्झौता भएको हो।

किरण नेपाली निर्माता रहेको यस फिल्मलाई सिमोस सुनवारले निर्देशन गर्दैछन्। प्रदीप भारद्धाजको कथा मन पराएपछि ‘२ नम्बरी’ का निर्माता किरणले ‘पोई  पर्‍यो बुढो’ लाई पोष्टपोन्ड गर्दै यो कथामा फिल्म बनाउन लागेका हुन्।

दयाले किरणसँग फिल्म ‘२ नम्बरी’मा सहकार्य गरेका थिए। यो फिल्म बक्स अफिसमा सफल भएको थियो।

फिल्मका लागि अन्य कलाकार फाइनल गरिएको छैन। फिल्मको छायाङ्कन चैतबाट सुरु गर्ने योजना निर्माण पक्षको छ। रेड बर्ड प्रोडक्शनको प्रस्तुतिमा बन्ने फिल्म सस्पेन्स, थ्रिलर र कमेडी जनरामा निर्माण गरिनेछ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell