PahiloPost

Apr 22, 2025 | ९ बैशाख २०८२

फिल्म ‘डिसेम्बर फल्स’को ट्रेलरमा आर्यन र उपासनाबिचको प्रेमसम्बन्धको कथा



पहिलोपोस्ट

फिल्म ‘डिसेम्बर फल्स’को ट्रेलरमा आर्यन र उपासनाबिचको प्रेमसम्बन्धको कथा

काठमाडौं : फिल्म ‘डिसेम्बर फल्स’ पुस १५ गतेदेखि प्रदर्शनमा आउने तयारीमा छ। बिहीवार सार्वजनिक भएको भारतीय फिल्मकर्मी प्रवीण झा निर्देशित फिल्मको ट्रेलर रोमान्स र थ्रिलरले भरिएको छ।

फिल्म ‘डिसेम्बर फल्स’को ट्रेलरमा मुख्य कलाकार आर्यन सिग्देल र उपासना सिंह ठकुरीको प्रेमसम्बन्धलाई चित्रण गरिएको छ। नर्सको भूमिकामा देखिएकी उपासनाको जीवनमा आर्यनको इन्ट्री, उमेर अन्तरको समस्या र उपासनालाई पाउन आर्यनले गरेको संघर्ष ट्रेलरमा समेटिएको छ।

सस्पेन्स लभस्टोरी फिल्ममा आर्यन र उपासनाका साथै सलोन बस्नेत, सुमन थापा, नागेन्द्र रिजाल, दयाराम दाहाल, नरेश भट्टराईलगायतको अभिनय छ।

बिपीका खनालको कथा रहेको फिल्मको पटकथा र संवाद केदार भुसालले तयार पारेका हुन्। बिरामीको उपचारमा संलग्न नर्सले भोग्नु परेका विविध परिस्थितिलाई समावेश गरिएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell