PahiloPost

Jul 22, 2026 | ६ साउन २०८३

राष्ट्रिय झण्डा दिवसमा वसन्तपुरमा फर्फरायो चन्द्र र सूर्य

राष्ट्रिय झण्डा दिवसमा वसन्तपुरमा फर्फरायो चन्द्र र सूर्य

प्रवीण रानाभाट/पहिलोपोस्ट


काठमाडौं : राष्ट्रिय झण्डा दिवसका अवसरमा शुक्रवार र्‍याली निकालिएको छ। राष्ट्रिय धरोहर संरक्षण प्रतिष्ठान नेपालको आयोजनामा काठमाडौंको माइतीघरदेखि वसन्तपुरसम्म र्‍याली गरिएको हो।

उनीहरुले हातहातमा झण्डा बोक्दै राष्ट्रिय झण्डाको गाथाबारे नारा लगाएका थिए। यो पाँचौँ राष्ट्रिय झण्डा दिवस भएको उनीहरुले बताए।

१९६२ डिसेम्बर १६ मा संयुक्त राष्ट्र संघमा नेपालको झण्डा दर्ता भएको दिन पारेर २०७५ सालदेखि यो दिवस मनाउँदै आइएको छ। यो दिवसलाई सरकारले राष्ट्रिय दिवसको मान्यता दिनुपर्ने प्रतिष्ठानको माग छ।



ट्रेन्डिङ पोस्ट

Ncell