
काठमाडौंः ९० वर्षीया वृद्धाको हत्या गर्ने एक युवकलाई प्रहरीले पक्राउ गरेको छ।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले बिहीवार काठमाडौं तारकेश्वर नगरपालिका ६ पुशल बस्ने ३९ वर्षीय नरेन्द्र शिवभक्तीलाई नियन्त्रणमा लिएको हो। पुस २० गते ९० वर्षीया डिल्ली पुतुवार काठमाडौ तारकेश्वर नगरपालिका वडा नम्बर -६ पुशलबाट हराइरहेकी थिइन्।
२२ गते पारीवनपाखा सामुदायिक वनको खोल्सामा टाउँको तथा मुखमा चोट लागी मृत फेला परेकोमा थियो। त्यसपछि प्रहरीले अनुसन्धान थालेको थियो। मंसिर २० गते पुतुवारलाई चिसापानी चप्पल कारखानामा राहत दिइराखेको जानकारी दिएका थिए। त्यसपछि पुतुवारले राहत दिएको ठाउँमा लगिदेउ भनेर आग्रह गर्छन्। उनले पैसा दिने वाचासमेत गर्छन्।
त्यसपछि नरेन्द्र शिवभक्तीले जंगलको बाटो डोऱ्याउँदै लगेको बयान दिएका छन्। घटना भएको ठाउँमा पुर्याई एकछिन यही बसौ चुरोट खाउँ भनेपछि दुवैजना बसी चुरोट खाएको चुरोट अनुसन्धानको क्रममा खुलेको छ। त्यसपछि 'कम्मरमा पैसा हुन्छ, यसलाई यही मारी दिन्छु' भनी नजिकै भएको ढुङ्गाले टाउको र गर्धनमा हिर्काई मारेको अभियुक्तले बयान दिएको प्रहरीले दाबी गरेको छ।
त्यसपछि वृद्धाको साथमा भएको करिब ५० हजार लगी लाश खोल्सामा लुकाई घर फर्केको देखिएको छ। घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।