PahiloPost

Apr 22, 2025 | ९ बैशाख २०८२

६० वटा 'ड्राइभिङ लाइसेन्स' निलम्बन गर्न ट्राफिक प्रहरीको सिफारिस, एकै जना १४४ पटक कारबाहीमा



पहिलोपोस्ट

६० वटा 'ड्राइभिङ लाइसेन्स' निलम्बन गर्न ट्राफिक प्रहरीको सिफारिस, एकै जना १४४ पटक कारबाहीमा

काठमाडौं : काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले मंसिरमा ६० वटा सवारी चालक अनुमति पत्रलाई निलम्बनको लागि यातायात ब्यवस्था विभागमा सिफारिस गरेको छ।

सवारी तथा यातायात व्यवस्था ऐन २०४९ र नियमावली २०५४ बमोजिम चालकले पालना गर्नु पर्ने शर्त तथा नियमहरू पाँच पटकभन्दा बढी उल्लंघन गरेको पाइएकोले ऐनको परिच्छेद ४ को दफा ६० बमोजिम सवारी चालक अनुमतिपत्र निलम्बनका लागि यातायात व्यवस्था विभाग पठाइएको काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाहपथका प्रवक्ता राजेन्द्रप्रसाद भट्टले जानकारी दिए।

निलम्बनका लागि पठाईएका सबै भन्दा धेरै कारवाहीमा १ जना ४४ पटक, ३५ पटक कारवाही १ जना, २४ पटक परेका ३ जना, १४ पटक परेका १ जना, १२ पटक परेका ७ जना, ७ पटक परेका २ जना र ६ पटक कारवाहीमा परेका ४५ जना गरी जम्मा ६० जनाका सवारी चालक अनुमतिपत्र निलम्बनको लागि यातायात व्यवस्था विभाग पठाएको हो।

उनीहरुले सवारी तथा यातायात व्यवस्था ऐनको दफा १६४ को उपदफा १ बमोजिम कसुर गरेको पाइएको थियो। ट्राफिका नियम उल्लघंन गरीरहने चालकहरु बाट नै सवारी दुर्घटना भएको तथ्याङकले समेत देखाएको छ। सवारी दुर्घटनामा परेका अधिकांश सवारी चालक यसअघि पनि पटकपटक कारवाहीमा परेको समेत प्रहरी वरीष्ठ उपरीक्षक भट्टले बताए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell