PahiloPost

Aug 18, 2025 | २ भदौ २०८२

विभागले सुरु गर्‍यो सवारीसाधनमा प्रदूषण जाँच, यस्तो देखियो पहिलो दिनको दृश्य

विभागले सुरु गर्‍यो सवारीसाधनमा प्रदूषण जाँच, यस्तो देखियो पहिलो दिनको दृश्य

समर्थ रञ्जित/पहिलोपोस्ट


काठमाडौं : वन तथा वातावरण विभागले शुक्रवारदेखि सवारीसाधनमा प्रदूषण जाँच सुरु गरेको छ। विभागले तोकिएको मापदण्ड पूरा नगरी सञ्चालन भएका सवारीसाधनलाई एक लाख रुपैयाँ जारिबाना गर्ने बताएको छ।

विभागले गत मङ्सिर २२ गते सूचना प्रकाशित गरी वायु प्रदूषणको मुख्य कारण गाडीबाट निस्कने धुवाँ र खुलारूपमा जलाउने फोहोर रहेको भन्दै प्रदूषण जाँच गरी तोकिएको मापदण्ड पूरा गरेर मात्र गाडी चलाउन आग्रह गरेको थियो। सो अन्तर्गत शुक्रवार एकान्तकुनास्थित यातायात व्यवस्था कार्यालयमा जाँच गरिएको छ।

पछिल्लो समयमा काठमाडौं उपत्यकामा सञ्चालन भइरहेका गाडीमा धुवाँ निष्काशनको अवस्था दयनीय पाइएकाले प्रदूषण जाँच नगरेका गाडीलाई शुक्रवारदेखि कारबाहीसहित जारिबाना गरिने विभागले बताएको छ।

विभागले प्रदूषण जाँच गरेरमात्रै गाडी चलाउन आग्रह गरेको छ। विभागले गाडीको धुवाँ निष्काशनको अवस्थाबारे परीक्षणलाई प्रभावकारी बनाउनसमेत जनाएको छ।



ट्रेन्डिङ पोस्ट

Ncell