PahiloPost

May 5, 2024 | २३ बैशाख २०८१

भोजपुरी चलचित्र 'मेन्टल आशिक'को प्रदर्शनी शुरु, वीरगंजका सावनको 'डेब्यु'



राधेश्याम पटेल

भोजपुरी चलचित्र 'मेन्टल आशिक'को प्रदर्शनी शुरु, वीरगंजका सावनको 'डेब्यु'

वीरगंज : भोजपुरी कथानक चलचित्र मेन्टल आशिकको शुक्रवारदेखि नेपालमा प्रदर्शन शुरु भएको छ। नेपालको ४० वटा सिनेमाघरमा चलचित्रको प्रदर्शन भइरहेको चलचित्र युनिटले जनाएको छ। वीरगंजमा पत्रकार सम्मेलन गरी १६ डिसेम्बरदेखि नेपालमा र २३ डिसेम्बरदेखि भारतमा प्रदर्शन हुने समय तालिका तय भएको बताइएको छ।

चलचित्रका अभिनेता सावन कुमारले पत्रकार सम्मेलन गरी भोजपुरी चलचित्रको इतिहासमा पहिलोपटक नेपाल–भारतमा करिब डेढ सयभन्दा बढी चलचित्र घरमा प्रदर्शन हुने भएकोमा आफूहरु उत्साही भएको बताए। वीरगंज–१६ नगवा घर भई मार्शल आर्ट प्रशिक्षकको रुपमा काम गर्दै आएका सावन कुमार चलचित्रको अभिनेताको रुपमा देखिएका छन्।

करिब एक करोड ६० लाख रुपैयाँमा निर्माण भएको पत्रकार सम्मेलनमा उनले बताए। यो चलचित्रमा प्रेम, एक्सन, हास्यलगायत विधा रहेकोले घर परिवारका मानिसहरुले निर्धक्क साथ हेर्न सकिने अभिनेता सावन कुमारले बताए। चलचित्रमा निर्माता मुकेशकुमार पण्डित, निर्देशन र संगीत रामाकान्त प्रसादको छ भने गीत प्यारेलाल, यादव राजले लेखेका छन्। छ वटा गीत रहेको चलचित्रमा शिल्पीराज, अन्तरासिंह प्रियंका, मोहन राठौरलगायत गायक–गायिकाले स्वर दिएका छन्। चलचित्रमा भारतीय मूलकी रितु सिंह, नेपालकी अस्मिनी शाही, भोजपुरीका चर्चित कमेडियन सञ्जय महानन्दा, भानु पाण्डे, प्रज्ज्वल, सुजल गिरी, नन्दु श्रीवास्तव, घनश्याम गिरी, विशाल सिंह, टिकटक स्टार प्रीति पासवानलगायतको अभिनय देख्न सकिन्छ। ६ वटा गीत रहेको यो फिल्मको ट्रेलर दुई साताअघि समर फिल्म इन्टरटेन्मेन्टबाट रिलिज भइसकेको छ।

वीरगंज, निजगढ, काठमाडौं, लखनऊमा छायांकन भएको चलचित्र भारतको बिहार, युपी, झारखण्ड, दिल्ली, पञ्जाब, महाराष्ट्रलगायत राज्यका करिब ८० वटा सिनेमाघरमा प्रदर्शन गर्ने तयारी रहेको पत्रकार सम्मेलनमा सहभागी चलचित्रका सहनिर्माता अशोक जैसवालले बताए। नेपाली निर्माता छवि ओझाको एफडी कम्पनीले यो चलचित्रको बजार व्यवस्थापन गरेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell