PahiloPost

Dec 19, 2024 | ४ पुष २०८१

चुनावको कारण बन्द सीमानाका खुला



पहिलोपोस्ट

चुनावको कारण बन्द सीमानाका खुला

वीरगंज : भारतीय सीमावर्ती शहर रक्सौल नगर निगमको निर्वाचनको लागि बिहीवार बिहानदेखि भारतले वीरगंज–रक्सौल सीमानाका बन्द गरेकोमा खुला गरेको छ। बिहीवार बिहानदेखि भारतले पूर्वसूचनाविना आफ्ननोतर्फको नाका बन्द गर्दा नेपाल–भारत आवतजावत गर्न समस्या भएको थियो भने ठूलो सङ्ख्यामा सवारी साधन पनि रोकिएको थियो।

साँझदेखि दुवैतर्फका सीमा प्रशासकहरुको वार्ताबाट नाका खुला भएको हो। जिल्ला प्रशासन कार्यालय, पर्साका निमित्त प्रमुख जिल्ला अधिकारी भीमकान्त पौडेलले बन्द सीमानाका खुला भएको र रक्सौल नगर निगमको निर्वाचनका लागि आइतवार पुस ३ गते सीमानाका बिहान ५ बजेदेखि साँझ ७ बजेसम्म बन्द हुने बताए। नेपाल–भारतबीच निर्वाचनको समयमा ७२ घण्टा अगावै सीमानाका बन्द हुँदै आएको थियो।  तर यो चुनाव आम चुनावभन्दा पालिकास्तरको चुनाव भएकोले एक दिनमात्र सीमा बन्द गर्न दुबै देशका सुरक्षा अधिकारी वीच समझदारी बनेपछि सीमा खोलिएको हो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell