PahiloPost

May 19, 2024 | ६ जेठ २०८१

मकवानपुरमा ६१ उम्मेदवारले बुझाए निर्वाचनको खर्च विवरण



पहिलोपोस्ट

मकवानपुरमा ६१ उम्मेदवारले बुझाए निर्वाचनको खर्च विवरण

हेटौंडा : प्रतिनिधिसभा र प्रदेशसभाका उम्मेदवारले खर्च विवरण बुझाउन सुरु गरेका छन्। शुक्रवार साँझसम्म प्रदेश निर्वाचन कार्यालय वाग्मती प्रदेशमा मकवानपुरका ६९ उम्मेदवारमध्ये ६१ जनाले विवरण पेस गरेका हुन्।

मंसिर ४ गतेको निर्वाचनमा २ प्रतिनिधि र ४ प्रदेशसभा निर्वाचन क्षेत्र रहेको मकवानपुरमा प्रतिनिधितर्फ २६ र प्रदेश सभातर्फ ४३ जना चुनावी मैदानमा थिए।

विभिन्न पार्टी र स्वतन्त्र उम्मेदवारी दिने मध्येबाट निर्वाचनको मतपरिणाम सकिएसँगै मकवानपुर क्षेत्र नम्बर १ बाट राप्रपाका दीपक बहादुर सिंह, २ बाट नेकपा (एमाले)का महेश बर्तौला निर्वाचित भए भने प्रदेशतर्फ क्षेत्र नम्बर १ को ‘क’ मा नेकपा माओवादी केन्द्रका प्रेमबहादुर पुलामी ‘छिन्तु’ ‘ख’ बाट एमालेका एकलाल श्रेष्ठ निर्वाचित भएका छन्।

त्यसैगरी, मकवानपुर क्षेत्र नम्बर २ को ‘क’बाट नेकपा (माओवादी केन्द्र)की कुमारी मोक्तान ‘ख’मा नेपाली कांग्रेसका ईन्द्रबहादुर बानियाँ विजयी भए। विजयी भएको खुसीयालीमा उम्मेदवारहरु मतदातालाई धन्यवाद दिँदै हिँडिरहँदा निर्वाचन आयोगले भने निर्वाचनमा गरिएको खर्च विवरण बुझाउन ताकेता गरिरहेको छ।

निर्वाचन आयोगले मंसिर ४ गते सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनमा सहभागी राजनीतिक दल र उम्मेदवारलाई परिणाम घोषणा भएको ३५ दिनभित्र निर्वाचन खर्चको विवरण पेस गर्न निर्देशन दिएपनि मकवानपुरमा भोलिसम्मको समय तोकिएको प्रदेश निर्वाचन कार्यालय वाग्मती प्रदेश प्रमुख लुम्बनाथ पोखरेलले जानकारी दिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell