PahiloPost

Jan 11, 2025 | २७ पुष २०८१

देशका पहाडी भूभागमा हल्का हिमपातको सम्भावना



रासस

देशका पहाडी भूभागमा हल्का हिमपातको सम्भावना

काठमाडौं : देशको पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रही केही स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ।

जल तथा मौसम विज्ञान विभागका अनुसार प्रदेश १, वाग्मती र गण्डकी प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रही प्रदेश १, वाग्मती र गण्डकी प्रदेशकै पहाडी भू-भागको एक-दुई स्थानमा हल्का वर्षा तथा सोही प्रदेशको उच्च पहाडी भू-भागको एक-दुई स्थानमा हल्का हिमपातको सम्भावनासमेत छ। बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहने विभागले जनाएको छ।

राति प्रदेश १ का पहाडी भू-भागमा आंशिकदेखि पूर्ण बदली रही वाग्मती प्रदेश र गण्डकी प्रदेशका पहाडी भू-भागमा आंशिक बदली तथा बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ। विभागले तराईका केही भू-भागमा बिहानीपख हुस्सु/कुहिरो लाग्ने तथा देशका अधिकांश भू-भागमा तापक्रम क्रमिकरूपमा घट्दै जाने संभावना रहेको हुनाले चिसोबाट बच्न आवश्यक सावधानी अपनाउन सबैमा अनुरोध गरेको छ।

मौसम पूर्वानुमान महाशाखाको पछिल्लो विवरणअनुसार आज काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम सात दशमलव छ डिग्री र अधिकतम तापक्रम १८ दशमलव सात डिग्री सेल्सियस रहेको छ। आज सबैभन्दा कम जुम्लाको न्यूनतम तापक्रम माइनस चार दशमलव पाँच डिग्री र सबैभन्दा धेरै जनकपुरको अधिकतम तापक्रम २४ दशमलव आठ डिग्री सेल्सियस रहेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell