PahiloPost

Apr 22, 2025 | ९ बैशाख २०८२

प्रधानमन्त्री बन्न पाए देशको कायापलट गर्नसक्ने 'कन्फिडेन्स' छ मसँग : प्रकाशमान सिंह



पहिलोपोस्ट

प्रधानमन्त्री बन्न पाए देशको कायापलट गर्नसक्ने 'कन्फिडेन्स' छ मसँग : प्रकाशमान सिंह

काठमाडौं : नेपाली कांग्रेसका नेता प्रकशमान सिंहले आफू प्रधानमन्त्री बन्न पाए देशको कायापलट गर्न सक्ने आत्मविश्वास आफूसँग रहेको बताएका छन्। काठमाडौंको शंखमुलमा शनिवार मतदाताका लागि आयोजित धन्यवाद ज्ञापन कार्यक्रममा नेता सिंहले उक्त भनाई राखेका हुन्।

तर प्रधानमन्त्री जनता र आफूले चाहँदैमा बन्न सहज नभएको सिंहको भनाइ थियो। ‘प्राइमिनिस्टर भयो भने त मैले भने नि कन्ट्रीको कायापलटै गर्न सक्ने कन्फिडेन्स ममा छ,’ उनले भने, ‘यो त तपाईंहरुले मात्रै चाहेर पनि हुँदैन। मैलेमात्रै चाहेर पनि हुँदैन। संसदीय दलको निर्वाचन हुँदैछ। त्यसले निर्भर गर्छ।’

सिंहले आफू मन्त्री भए काठमाडौं–१ का जनताका लागि सुनमा सुगन्ध हुने जिकिर गर्दै जनताबाट अनुमोदित हुन नै सबैभन्दा ठूलो पद भएको पनि बताए।  

‘म पदमा भयो भने त तपाईंहरुलाई सुनमा सुगन्धै भयो। पदमा नभए पनि माननीय तपाईंहरुले बनाइदिनुभयो,’ उनले भने, ‘योभन्दा ठूलो अरु के होला र? जनताबाट अनुमोदित हुनु नै सबैभन्दा ठूलो पद हो।’

जनताको काम गर्नका लागि मन्त्री नै हुनुपर्ने आवश्यकता नभएको उनको भनाई रह्यो। ‘म जनप्रतिनिधि हुँ। म पदमा जाउँला नजाउँला। तर, जनप्रतिनिधिको पद त छ नि मसँग। मैले गर्न सक्ने काम त म त्यसैबाट गर्न सक्छु। मिनिस्टरै हुनुपर्ने छैन,’ सिंहले भने।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell