PahiloPost

Sep 29, 2024 | १३ असोज २०८१

समूह 'एफ' बाट आएका मोरोक्को र क्रोएसिया तेस्रो स्थानका लागि भिड्दै



पहिलोपोस्ट

समूह 'एफ' बाट आएका मोरोक्को र क्रोएसिया तेस्रो स्थानका लागि भिड्दै
Photo: Skysports

फिफा विश्वकप अन्तर्गत आज बेलुकी तेस्रो स्थानका लागि मोरोक्को र क्रोएसिया भिड्दै छन्। खलिफा इन्टरनेशनल स्टेडियममा पौने ९ बजे यी दुई टोली आमनेसामने हुँदैछन्।

दुबै टोलीले आजको खेलसँगै प्रतियोगिताको अन्त्य गर्न चाहन्छन्। उसो त आजको खेल दुबै टोलीले चाहेको खेल होइन। किनभने आजको नतिजा जित हार जे भए पनि दुबै टोली विश्वकप ट्रफीको होडबाट बाहिरि सकेका छन्। यसो भन्दैमा यी दुबै टोलीलाई प्रतियोगिताको सुखद अन्त्य गर्दै तेस्रो स्थान सुरक्षित गर्ने मौका भने हुनेछ। कतार विश्वकपको मैदानबाट मुस्कुराउँदै बाहिरिने अवसर हुनेछ।

यी दुई टोली एउटै समूहबाट समूहविजेता र उपविजेता बन्दै आएका हुन्। समूह 'एफ' मा यसअघि भिड्दा यी दुई टोली गोलरहित बराबरीमा रोकिएका थिए। अन्तिम १६ मा क्रोएसियाले जापानलाई र क्वाटरफाइनलमा ब्राजिललाई पेनाल्टी सुटआउटमा हराएको थियो। सेमिफाइनलमा भने अर्जेन्टिनासँग ३-० गोलअन्तरले पराजित हुँदै उपाधि होडबाट बाहिरिएको थियो। अर्कोतर्फ अन्तिम १६ मा स्पेनलाई पेनाल्टी सुटआउटमा हराएको मोरोक्कोले क्वाटरफाइनलमा पोर्चुगललाई १-० गोलअन्तरले हराएको थियो। सेमिफाइनलमा भने फ्रान्ससँग २-० गोलअन्तरले पराजय ब्यहोरेको थियो।

आजको खेल पछिल्लो डेड दशकमा क्रोएसियाको टोलीका लागि महत्वपूर्ण भूमिकामा रहेका कप्तान लुका मोड्रिचका लागि विश्वकपका लागि अन्तिम खेल हुन सक्छ। ३७ वर्षे मोड्रिचको कप्तानीमा यसपाला क्रोएसियाले सेमिफाइनलको यात्रा तय गर्दा अघिल्लो संस्करणमा उपविजेता बन्न सफल भएको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell