PahiloPost

May 17, 2024 | ४ जेठ २०८१

सातै प्रदेशका प्रदेश प्रमुखसमक्ष निर्वाचन परिणामसहितको प्रतिवेदन पेश



पहिलोपोस्ट

सातै प्रदेशका प्रदेश प्रमुखसमक्ष निर्वाचन परिणामसहितको प्रतिवेदन पेश

जनकपुरधाम : निर्वाचन आयोगले निर्वाचन परिणाम सहितको प्रतिवेदन प्रदेश प्रमुख समक्ष पेश गरेको छ।

मंसिर ४ गते सम्पन्न प्रदेशसभा सदस्यको पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणाली तथा समानुपातिक निर्वाचन प्रणालीतर्फको निर्वाचन परिणाम सहितको प्रतिवेदन प्रदेश प्रमुख हरिशंकर मिश्रसमक्ष पेश गरिएको हो।

प्रदेशसभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ६२ बमोजिम निर्वाचन आयोगको तर्फबाट निर्वाचन आयोगका आयुक्त सगुन शम्शेर जबराले प्रदेश प्रमुख मिश्रसमक्ष पेश गरेका हुन्।

मधेस प्रदेशसभातर्फ प्रत्यक्षबाट ६४ र समानुपातिकबाट ४३ गरी १०७ जना निर्वाचित भएका छन्। आयोगले प्रतिवेदन बुझाएपछि यस प्रदेशमा पनि नयाँ सरकार गठनको बाटो खुल्नेछ।

आयोगले यसअघि प्रतिनिधिसभातर्फको अन्तिम निर्वाचन प्रतिवेदन बिहीबार राष्ट्रपति विद्यादेवी भण्डारी, उपराष्ट्रपति नन्दबहादुर पुन लगायतलाई बुझाइसकेको छ।

सात वटै प्रदेश प्रमुखसमक्ष निर्वाचन परिणामसहितको प्रतिवेदन पेश

निर्वाचन आयोगले यही मङ्सिर ४ गते सम्पन्न प्रदेश सभा सदस्य निर्वाचनको परिणामसहितको प्रतिवेदन प्रदेश सभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ६२ बमोजिम आज दिउँसो एकैसाथ सात वटै प्रदेशका प्रदेश प्रमुखसमक्ष पेश गरेको जनाएको छ।

आयोगका प्रमुख निर्वाचन आयुक्त, आयुक्तहरू, सचिव र सहसचिवसहितको टोलीले सबै प्रदेशका सदरमुकामस्थित माननीय प्रदेश प्रमुखको कार्यालयमा अलगअलगरूपमा प्रतिवेदन बुझाएको हो। प्रतिवेदन बुझाउन प्रदेश नं. १ मा प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलिया, गण्डकी प्रदेशमा आयुक्त ईश्वरीप्रसाद पौड्याल, लुम्बिनी प्रदेशमा आयुक्त रामप्रसाद भण्डारी, सुदूरपश्चिम प्रदेशमा आयुक्त डा जानकीकुमारी तुलाधर, वाग्मती प्रदेशमा सचिव गोकर्णमणि दुवाडी र कर्णाली प्रदेशमा सहसचिव यज्ञप्रसाद भट्टराईको नेतृत्वमा आयोगको टोली पुगेको थियो।

प्रदेश सभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ६२ मा आयोगले प्रदेश सभा सदस्य निर्वाचनको पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणाली र समानुपातिक निर्वाचन प्रणाली तर्फको निर्वाचन परिणाम सहितको प्रतिवेदन निर्वाचनको नतिजा घोषणा भएको सात दिनभित्र प्रदेश प्रमुख समक्ष पठाउनु पर्ने व्यवस्था रहेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell