PahiloPost

May 20, 2024 | ७ जेठ २०८१

'शब्दशक्ति उत्सवको एक दशक' पोखराको आँगनमा, साहित्यक महोत्सवमा को-को हुँदैछन् सहभागी?



पहिलोपोस्ट

'शब्दशक्ति उत्सवको एक दशक' पोखराको आँगनमा, साहित्यक महोत्सवमा को-को हुँदैछन् सहभागी?

पोखराः पोखरामा हुँदै आएको नेपाल लिटरेचर फेस्टिभल (साहित्य महोत्सव) को १०औँ संस्करणको तयारी सुरु भएको छ। आयोजक बुकवर्म फाउन्डेसनले शनिबार पत्रकार सम्मेलन गर्दै महोत्सव पुष ६ गतेदेखि ११ गतेसम्म हुने जानकारी दिएको हो।

'शब्दशक्ति उत्सवको एक दशक’ नारा दिँदै आयोजना हुने भएको यस संस्करणमा विदेशी लेखक पनि उपस्थित हुने छन्। यस संस्करणमा महोत्सवको अवधिलाई पाँच दिन बनाइएको छ। ५० भन्दा बढी छलफल सत्र राखिएका छन्।

महोत्सवको उद्घाटन सत्रमा अर्थशास्त्री एवम् काठमाडौँ विश्वविद्यालयका रजिस्ट्रार अच्युत वाग्लेको प्रवचन दिनेछन्।  उनले ‘नेपाल २०९०’ शीर्षकमा प्रवचन दिने आयोजकले जनाएको छ।

५० भन्दा बढी सत्रहरुमा फरक विषयमा विमर्श र साक्षात्कार हुनेछ। महोत्सवको दोस्रो दिन पूर्वप्रधानमन्त्री एवम् नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीसँग 'राजनीति बाहिरको जीवन'मा विमर्श हुनेछ।

यस्तै नेपाली कांग्रेसका महामन्त्री गगन थापालगायतसँग 'कथा काठमाण्डु' शीर्षकमा विमर्श हुनेछ। उक्त सत्रमा विश्वप्रकाश शर्मा, महाप्रसाद अधिकारी, डा. युवराज खतिवडा, डा. स्वर्णिम वाग्ले, सिके राउतलगायतको उपस्थिति रहनेछ।

पोखराको विषय समेटिएको सत्र 'कस्तो पोखरा'मा विद्या भट्टराई, धनराज आचार्य र आनन्दराज मुल्मी उपस्थित हुनेछन्।

महोत्सवमा सन् २०२२ का बुकर पुरस्कार विजेता श्रीलङ्काली लेखक शेहन करुणतिलका, लेखक एवम् पत्रकार अक्षय मुकुल, सहप्राध्यापक एवम् लेखक सुकेतु मेहता, लेखक एवम् फिल्म निर्माता सवा करिम खान, लेखक श्रेयना भट्टाचार्यलगायतकाको पनि उपस्थिति महोत्सवमा हुँदैछ ।

यस वर्षको महोत्सव विशेष हुने आयोजकको दाबी छ।

 ‘यस वर्षको फेस्टिभललाई हामीले विशेष बनाउन खोजेका छौँ। त्यसमाथि यस वर्ष १०औँ संस्करण हो। यो संस्करण थप विशेष हुनेछ। फेस्टिभलले एक दशक पार गर्न लागेको छ। स्वदेश तथा विदेशबाट पाल्नु हुने सबै पाहुनाहरुलाई हामी सुन्दर नगरी पोखरामा स्वागत गर्न आतुर छौँ', महोत्सवकी सह-निर्देशक सुजाता खत्रीले भनिन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell