PahiloPost

Jun 15, 2026 | १ असार २०८३

जङ्गली हात्तीको आक्रमणबाट चितवनमा एक जनाको मृत्यु



रासस

जङ्गली हात्तीको आक्रमणबाट चितवनमा एक जनाको मृत्यु
फाइल फोटो।

भरतपुर : चितवनमा जङ्गली हात्तीको आक्रमणबाट भरतपुर महानगरपालिका-२८ अन्द्रौलीका ७१ वर्षीय भागिरथी सुवेदीको मृत्यु भएको छ।

चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी गणेश प्रसाद तिवारीका अनुसार सुवेदीलाई निकुञ्जबाट निस्केको हात्तीले शनिवार साँझ घर क्षेत्रमै आक्रमण गरेको थियो। आक्रमणबाट घाइते भएका सुवेदीलाई उपचारका लागि भरतपुर अस्पताल ल्याइएको थियो।

साउनयता निकुञ्ज र आसपासको क्षेत्रमा वन्यजन्तुको आक्रमणबाट मृत्यु हुनेको संख्या दुई पुगेको छ। यसअघि माडीमा बाघको आक्रमणबाट एक जनाको मृत्यु भएको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell