PahiloPost

May 28, 2026 | १४ जेठ २०८३

 ‘रूट अफ तेक्वान्दो नेपाल’ पुस्तक विमोचन



पहिलोपोस्ट

 ‘रूट अफ तेक्वान्दो नेपाल’ पुस्तक विमोचन

काठमाडौं : चिफ ग्रान्ड मास्टर जे. के. शिनद्वारा लिखित ‘रूट अफ तेक्वान्दो नेपाल’ नामक संस्मरणात्मक तस्बिर पुस्तक सार्वजनिक भएको छ। शनिवार आयोजित एक कार्यक्रममा नेपाल तेक्वान्दोका प्रवर्तक शिनद्वारा लिखित पुस्तकविमोचन गरिएको हो।

पुस्तकमा नेपालमा तेक्वान्दोको अधिकारिक सुरुवातमा शिनको योगदान र यस कार्यमा उनलाई सहयोग गर्ने व्यक्तित्वहरुको  भूमिकाबारे उल्लेख गरिएको छ। पुस्तकमा तत्कालीन समयमा खेलिएको तेक्वान्दोको दुर्लभ तस्बिर समावेश गरिएका छन्।

नेपालमा प्रतिबन्धित रहेको तेक्वान्दो खेलको प्रशिक्षण तथा यो खेलले कसरी नेपालमा अधिकारिकता प्राप्त गर्न सफलभएको थियो भन्ने रोचक सन्दर्भबाट लेखकले यो पुस्तकको लेखन प्रारम्भ गरेका छन्।

पुस्तक विमोचन गर्दै संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले नेपाललाई अन्तराष्ट्रिय जगतमा परिचित गराउने तेक्वान्दो खेलको सुरुवात र विकासका लागि शिनले गर्नुभएको योगदान अविस्मरणीय रहने बताए।

कार्यक्रममा गुरु चिफ ग्रान्ड मास्टर जे.के शिनले नेपालमा तेक्वान्दो खेलको विकास को लागि योगदान गर्न तत्पर रहेको बताएका थिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell