काठमाडौंः साताको पहिलो दिन सुनको मूल्य बढेको छ। गत साता घट्न थालेको मूल्य पुन: तोलामा ६ सय रुपैयाँले बढेको हो।नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबारका लागि सुनको कारोबार मूल्य प्रतितोला १ लाख ५ सय रुपैयाँ निर्धारण भएको छ।
शुक्रवार सुन तोलामा ४ सय रुपैयाँले घटेर कारोबार मूल्य प्रतितोला ९९ हजार ९ सय रुपैयाँ थियो।
चाँदीको मूल्य आइतबार तोलामा १० रुपैयाँले घटेको छ। चाँदीको कारोबार मूल्य प्रतितोला १ हजार ३ सय ८० रुपैयाँ कायम भएको छ। शुक्रवार चाँदी १० रुपैयाँले घट्दै तोलाको १३ सय ७० रुपैयाँ कारोबार भएको थियो।
अन्तर्राष्ट्रिय बजारमा १७९३ १३ डलरमा कारोबार भइरहेको छ। चाँदी प्रतिऔंस २३ २३ डलर छ। शुक्रवार सुन प्रतिऔंस १७७९.११ डलर र चाँदी प्रतिऔंस २२.९३ डलर थियो।